२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

हिरा सुनार सारथिको एक दुराचारी कलम-विरुद्ध कविता

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

(ABC=SANCHAR)
दाङ । शहर देखि अलि टाढा
पहाडकाे पनि अग्लो थुम्कोमा
शिर-शिर बतासकाे मज्जा लिदै
कोइली र काफल चरिको गितको सहारामा
म एक दुराचारका विपक्षमा कबिता लेख्न उभिएको छु

म यसघडी उसको दुराचारि कलम
मेरा विरुद्धको समाचार
उसका बेकम्मा अक्षरहरु एकएक गणना गर्दै र हेर्द
सोधिरहेछु आफै संग प्रश्नहरु
यो अग्लो थुम्कोमा उभिएर !

आखिर उसले मेरा बिरुद्ध त्यो दुराचारि कलम किन उठायाे?
आखिर उसले मेरा बिरद्व त्यो मिथ्या हल्ला किन चलायाे?
उ काे हो मेरो? -साथी या शत्रु ?
कमरेड या बर्ग दुश्मन ?
उ को हो यो समाजको?- पत्रकार या धन्दावाला?
क्रान्तिकारी या प्रतिगामी ?

म यशअघि उसको दुराचारि कलम कहाँ कहाँ चल्यो
यसअघि उसले यो समाजमा मिथ्या हल्ला कति फैलायो
उसको धन्दा विरुद्ध विभिन्न पत्रिकामार्फत छापिएका समाचार

उसका हर्कत बारे फेसबुकमा मित्रहरुले लेखेका स्टाट्स ,
थुप्रै कमेन्टहरु
फेसबुक र गुगलको सहारामा चासोको साथ हेरिरहेको छु!

उसका धन्दावाला कल रेकर्ड
सुराका तालमा मात्तिएका भिडियोहरु
हत्कडिले बाधिएका उसका हात र
अग्रेजि बाेतल संगका उसका फाेटाहरु
बडाे चाखका साथ नियालि रहेछु
उसको दुर्गुण पनि!

म यशघडी आक्रोश कम
विबेक बढता लगाएर सोच्ने कोशिस गरिरहेछु
आखिरमा
उसले मलाई बदला लिन खोज्यो या बदल्न ?
आखिरमा
उसले मेरो भलाइ साेच्याे या कुभलाे?
आखिर उसले मलाई
प्रेम पुर्ण जिबन बिताओस भन्न खोजेको हो या द्वेष पुर्ण जिबन ?
आखिर ,आखिर
किन चलायो उसले मेरा विरुद्ध त्यो दुराचारी कलम?
किन चलायो मिथ्या हल्ला?
के चाहान्छ होला उसले म सग ह?

प्रश्नै प्रश्नको चाङले
यो पहाड भन्दा मलाइ अग्लो बनाउदा पनि
शरीरमा आगोको लाभाहरु छुट्दा पनि
आक्रोश ले मुटु टुक्रा टुक्रा हुदा पनि
आफुलाइ सम्भार गर्ने अठोट लिदै
कुनै दिन समय सहि उत्तर दिने अपेक्षा सहित

म उसको भलो चाहान्छु
म उसको उन्नति चाहान्छु
उसले साचो र झुठो चुट्याउन जानोस
उसको कलम अन्यायका विरुद्ध चलोस
उसले जीवन बुझोस
उसले जीवन चिनोस
उसले यो समाज चिनोस

र अन्तमा
ए प्रतिगामी मान्छे
तिमिले असल र खराब चिन्ने कोसिस गर
तिमिले यो दुनियाँ बुझ्ने कोसिस गर!!
धन्यवाद
हिरा सुनार(सारथि)
२०७९/१/९

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ,। घोराही–५ मा रहेको श्री महेन्द्र आधारभूत विद्यालय दलजीतपुरको चौतर्फी विकासका लागि सबैपक्षीय चाँसो देखा परेको छ । आउँदो नयाँ शैक्षिक शत्रदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यबाट पढाई सुरु गर्न लागि रहेको आधारभूत विद्यालय दलजीतपुरले विद्यालयलाई पठनपाठनदेखि अन्य क्रियाक्लापमा पनि अव्वल बनाउनका लागि सर्वपक्षीय छलफल र प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । अभिभाव, स्थानीय बुद्धिजीवी, […]

  (ABC-Sanchar) दाङ । परिश्रमि लाई मेहनत ठुलो अल्छीलाई बिलासी ठुलो कर्म लाई भाग्य सानो मुर्ख लाई ज्ञान सानो आदर्शलाई ब्यबहार सानो ब्यबहारलाई आदर्श सानो प्रेमिलाई प्रेमिका ठूलो! इज्जत लाई बेज्जत ठुलो जीवन लाई पाउन ठूलो! जीवनलाई हिडाउन ठुलो भन्छ्न साराले बिच्रारका भावले जिन्दगी यात्रा हो या यात्री हो जिन्दगीलाई तिमिले हिडाउने हो वा जिन्दगीले […]

ABC (क्राईमबिट) दाङ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवशको अवसरमा वडा प्रहरी कार्यालय लमही दाङ एंव देउखुरी सामुदायिक सेवा केन्द्र लमही दाङको संयूक्त आयोजनामा जिल्ला दाङ लमही न.पा. का बिभिन्न वडाहरुमा प्र.ना.नि. बिस्न बहादुर के.सी. समेतका प्रहरी कर्मचारीहरुद्वारा सोही सेवा केन्द्रका पदाधिकारी, मिडिया कर्मी, यातायात व्यवसायी, व्यापारीहरु, सवारी तथा पैदल यात्रु, महिला, बाल- […]