२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

दाङको ग्वारखोलामा जथाभावी रातभर उत्खनन गाउँलेलाई धम्क्याउन गुण्डाहरुको प्रयोग

Logo
प्रकाशित सोमबार, जेठ ३०, २०७९

(तेज वली)
दाङ । तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य बस्तु उत्खननका लागि अनुमति दियो ।

त्यहाँबाट मङ्गलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर रु दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्योभन्दा ५०० मिटरमाथिबाट उत्खनन गर्‍यो ।

“हामीले ग्वारखोला र कालाखोलाका सङ्गमस्थलबाट उत्खनन गर्ने भनि अनुमति दिएका थियौँ”, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले भन्नुभयो, “तर उत्खनन, सिँचाइ कुला नजिकबाट भएछ ।”

तुलसीपुर–१६ सहितको करिब १८०० बिघा क्षेत्रफलमा सिँचाइ हुने मलबारे सिँचाइ नहर आयोजना र तारे कुलोको मुहानबाट उत्खनन गरेको पाइएको थियो ।

मलबारे सिँचाइ कुलोले १७ मौजामा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको भए पनि सोही स्थानबाट उत्खनन भएपछि त्यहाँको सिँचाइ कुलोमा पनि जोखिम हुँदै आएको छ ।

पाँच सय घनमिटर क्षेत्रफलमा उत्खनन गर्न दिएको भए पनि बागेश्वरी निर्माण सेवाले सिँचाइलाई नै प्रभावित पार्न थालेपछि आइतबार स्थानीय त्यहाँ पुगेर विरोधसमेत जनाएका थिए ।

पाँच टिपर र एउटा एक्साभेटर प्रयोग गर्ने भनी अनुमति पाए पनि त्यहाँ १७ भन्दा बढी सवारी साधनले दोहन गरिरहेका पाएपछि स्थानीयले समेत विरोध जनाएपछि उत्खननमा संलग्न भागेको तुलसीपुर–१६ का वडाध्यक्ष सिवानन्द डाँगीले बताउनुभयो ।

“पाँच टिपर र एउटा एक्साभेटरलाई अनुगमनका लागि अनुमति दिइएको थियो”, उहाँले भन्नुभयो, “उनीहरुले १७ वटा टिपर लिएर सिँचाइ कुलोको मुहानबाट उत्खनन गरेपछि हामी सबै त्यहाँ गएर विरोध गरेपछि सबैको भागाभाग भएको थियो ।”

बिहान सूर्योदयदेखि, साँझ सूर्यास्तसम्मका लागि उत्खनन गर्न पाइने भए पनि उनीहरुले राति २-३ बजेसम्म उत्खनन गर्ने गरेको स्थानीय पशुपति विश्वकर्माले बताउनुभयो । हामीले सिँचाइ कुलो नजिकै छ, किन यसरी खोलामा डोजर लगाउनुहुन्छभन्दा तपाईहरु चुप लाग्नुस्, भनेर थर्काउनुहुन्छ”, उहाँले भन्नुभयो ।

पटक–पटक यसरी उत्खनन हुँदा कुलोमा पानीसमेत नचढ्ने उहाँको भनाइ थियो । आवश्यकभन्दा बढी उत्खनन हुँदा घरखेतमा बाढी पस्ने गरेको स्थानीय लालमति साहुले बताउनुभयो ।

मलबारे सिँचाइ आयोजना दाङको तेस्रो ठूलो आयोजना भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने वडाध्यक्ष डाँगीले बताउनुभयो ।

उहाँले उत्खननका क्रममा गुण्डागर्दी गर्ने, धम्काउनेसमेत कार्य हुने गरेकोसमेत बताउनुभयो ।

यसरी अनुमति नदिएको ठाउँमा उत्खनन गरेको भन्दै उक्त कम्पनीलाई अर्को पटक उत्खननका लागि अनुमति दिन लायक नभएको ठहर गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

एकातिर अनुमति पाए पनि अर्कोतिर पनि त्यही कागज देखाएर जनतालाई ठगी गर्ने कार्य गरेको भन्दै कानुनबमोजित सजाय गर्नेसमेत बताउनुभयो ।

एक मिटरमात्रै गहिरो खन्न पाइने भए पनि त्यहाँ करिब सात मिटरसम्म गहिरो खनेकोसमेत पाइएको छ ।
उत्खननको जिम्मा पाएको कम्पनीका सञ्चालक वसन्त वली हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!