१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

फेसबुकमा धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउनेलाई बाँके प्रहरीले कार्वाही गर्ने

Logo
प्रकाशित सोमबार, जेठ ३०, २०७९

ABC (क्राईमबिट)
बाँके । सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने कार्य भइरहेको प्रति बाँके प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार एउटा आग्रहमुलक सन्देश जारी गर्दै धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक संजालमा सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।

प्रहरीले भनेको छ–‘हाल विभिन्न सामाजिक संजालहरुमा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने क्रियाकलाप बढ्दोक्रममा देखिएकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिन्छ ।’

प्रहरीले धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधि सामाजिक संजालमा सम्प्रेषण गरेको पाइएमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९ को दफा १५६ को उपदफा २(१) बमोजिम दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना हुने भन्दै सबैलाई सचेत बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!