१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

फेसबुकमा धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउनेलाई बाँके प्रहरीले कार्वाही गर्ने

Logo
प्रकाशित सोमबार, जेठ ३०, २०७९

ABC (क्राईमबिट)
बाँके । सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने कार्य भइरहेको प्रति बाँके प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार एउटा आग्रहमुलक सन्देश जारी गर्दै धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक संजालमा सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।

प्रहरीले भनेको छ–‘हाल विभिन्न सामाजिक संजालहरुमा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने क्रियाकलाप बढ्दोक्रममा देखिएकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिन्छ ।’

प्रहरीले धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधि सामाजिक संजालमा सम्प्रेषण गरेको पाइएमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९ को दफा १५६ को उपदफा २(१) बमोजिम दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना हुने भन्दै सबैलाई सचेत बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]