१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

चोरलाई सइले भगाए २ नम्बर प्रदेशका डिआईजी खाँले किन गरे संरक्षण ??

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९


ABC (क्राईमबिट)
सर्लाही । मधेसमा अपराधिक गतिविधिमा संलग्न इन्सपेक्टर राजु कुर्मी बुधबार बर्खास्तीमा परे । उनीजस्तै मधेसमा दर्जनौं प्रहरी अधिकृत छन्, जो विभिन्न शक्तिकेन्द्रको आडमा अवैध धन्दामा संलग्न छन् ।

 

त्यसमध्ये एक हुन् बाराकाे प्रहरी पथलैया प्रहरी चौकीका तत्कालिन इन्चार्ज सई राधेमोहन कुशवाहा । उनले चोरलाई पक्राउ गरेर पनि छाडेको खुलेको छ । उनीविरुद्ध जाहेरी परेपनि मेधस प्रदेशका प्रमुख डिआइजी मसाउद आलम खाँले जोगाएपछि स्थानीय आक्रोशित भएका छन् ।

सर्लाहीको लालबन्दीमा रहेको बरकाती फ्युल सेन्टरबाट नगद र मोबाइल चोरी गर्ने चोरलाई भगाएपछि फ्युल सेन्टरकका संचालक जाकी अहमदले जिल्ला प्रहरी कार्यालय बारामा सई राधेमोहन कुसवाहालाई कारबाहीको माग गर्दै २०७९ बैशाख ९ गते लिखित जाहेरी समेत दिएका छन् । तर, कुसवाहलाई अझै कारबाही हुन सकेको छैन ।

 

२०७८ पुस ३० गते सर्लाहीको लालबन्दीमा रहेको बरकाती फ्यूल सेन्टरबाट तीन लाख ५० हजार नगद र एक थान मोबाइल चोरहरुले चोरी गरी भाग्दै आउँदा पथलैया क्षेत्रमा दुर्घटनामा परेका थिए ।सइ कुसवाहविरुद्ध जाहेरी दिन गएका पीडितहरु

लालबन्दीबाट पथलैया आउँदै गर्दा दुई जना चोरहरु सवार स्कुटी मोटरसाइकल दुर्घटनामा पर्दा एक चोरको उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का मकवानपुर जिल्लाको थाहा नगरपालिका ६ का अशोक रुम्बा घाइते भएका थिए ।
दुर्घटनामा परेका चोरहरुले बोकेको मोबाइल पथलैया प्रहरी चौकीमा अन गर्दा चोरी भएको मोबाइलमा फ्यूल सेन्टर संचालक जकी अहमदले फोन गरेर मोबाइल बोक्नेहरु चोर भएको र आफ्नो ३ लाख ५० हजार नगद , मोबाइलसमेत चोरी गरेर भागेको घटना सुनाएका थिए ।

सइ कुसवाहविरुद्धको जाहेरी

नगद र मोबाइल चोरी गर्ने चोर पथलैया प्रहरीको नियन्त्रणमा रहेको थाहा पाएपछि जकी अहमदले चोरी गरिएको नगर र मोबाइल लिन पथलैया प्रहरी चौकी पुगेको गुनासो गरे ।
प्रहरी चौकी पुग्दा सई राधेमोहनले चोर घाइते रहेको र ऊ निको भएपछि लालबन्दी प्रहरीको जिम्मा लगाउने र तपाईको रकम पनि उपलब्ध गराइदिने आश्वासन दिएर फर्काएको जकीले सुनाए ।

चोरलाई लालबन्दी प्रहरीको जिम्मा नलगाएपछि सई राधेमोहनसँग सोध्दा उल्टै तपाई चोरहरुको पछि नलाग्नुस्, नत्र तपाईको ज्यान समेत जान सक्ने भन्दै चोरसँग मिलेर धम्की दिने गर्दा आफू बाध्य भएर बारा प्रहरीमा घटना र सईको बिरुद्धमा लिखित जाहिरी दिएको जाकी अहमदले बताए ।सई राधेमोहनले चोरी भएको ३ लाख ५० हजार नगद रुपैयाँ चोरसँग बुझेर भगाएको र पछि चोरलाई समात्नु भन्दा उल्दै धम्काउने कार्य गर्दा समेत उनलाई कारवाही नगरीए गुनासो उनले गरे ।

सई राधेमोहनको बिरुद्धमा चोरलाई संरक्षण गरेर भगाएको आरोपमा कारबाही गर्न डिआईजी खाँसँग सोध्दा खाँले मेरो नजिकको मान्छे हो भनी कारवाही नगर्न निर्देशन दिने गरेकाले समेत डिआईजीको नियत सफ नभएको गुनासो प्रहरी अधिकृतहरुले गरेका छन् ।

कुनै समय पर्सामा डिएसपी हुँदा डिआईजी खाँले राधेमोहनलाई नै घुमुवामा परिचालन गराएर आर्थिक संकलन गर्ने कार्य गराएका थिए । पुरानो सेटिङका कारण यस्तो अपराधमा संलग्न सइलाई जोगाउन उनी लागिपरेका छन् । यसप्रति अन्य प्रहरी अधिकारी समेत चकित बनेका छन् ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!