१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

विश्वराज प्रतिष्पर्धीमात्र हुन् योग्य होइनन् महान्यायाधिवक्ता खम्मबहादुर खाती

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका दाबेदार विश्वराज पोखरेल योग्य पात्र नरहेको तर्क गरेका छन्।

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि भइरहेको सुनुवाइमा प्रतिवादीको तर्फबाट बहस गरिरहेका खातीले यस्तो तर्क गरेका हुन्।

‘आईजीपीका लागि उपयुक्त पात्र धीरजप्रताप सिंह नै हुन्। विश्वराज पोखरेल पनि प्रतिष्पर्धी हुन् तर आईजीपीका लागि योग्य होइनन्,’ बहसका क्रममा उनले भने। उनले आईजीपीका लागि उपयुक्त हुन सरकारले कामकर्तव्य तोकेको र त्यसका आधारमा नै निर्णय गरेको बताए। ‘आईजीपी बनाउने कुरा सरकारको विशेषाधिकारभित्र पर्छ,’ उनले भने, ‘सरकारले विश्वराजलाई उपयुक्त देखेन। उपयुक्त नदेखेको व्यक्तिलाई जेष्ठताकै आधारमा आईजीपी बनाउनु पर्छ भन्ने छैन।’

नेपाल समय
यसअघि सात जना न्यायाधीशको इजलासले पनि सरकारको विशेषाधिकारबारे व्याख्या गरिसकेको विषय पनि उनले बहसका क्रममा स्मरण गराए। यतिखेर सर्वोच्च अदालतमा आईजीपी मुद्दाको सुनुवाइ भइरहेको छ। सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सरकारी वकिलहरूले बहस सुरु गरेका हुन्।

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज भइरहेको सुनुवाइ पाँचौंपटक हो। सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले पनि प्रतिवादीका तर्फबाट अदालतमा बहस गरिसकेका छन्। एआईजी पोखरेलको तर्फबाट भने गत असार ५ गते बहस भएको थियो। कामु प्रधानन्यायाधीश कार्कीसहितको इजलासमा यो तेस्रो बहस हो।

यो मुद्दाको प्रारम्भिक सुनुवाइकै क्रममा रिटलाई अग्राधिकार दिँदै पेशी दुवै पक्षले सार्न नमिल्ने र लगातार सुनुवाइ गरी अन्तिम फैसला गर्नु भन्ने आदेश भए पनि मुद्दाको टुंगो लाग्न सकेको छैन। ‘हेर्दाहेर्दै’मा लाँदै मुद्दाको अन्तिम फैसलामा ढिलाइ भइरहेको छ। यसरी नै ढिलाइ भइरहे मुद्दाको फैसला नहुँदै साउन २० गते एआईजी पोखरेल अनिवार्य अवकाशमा जानेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]