१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

जमुनाह इन्चार्ज वरिष्ठ सइ रिजालको ठुलो सफलता कन्टेनरसहित २५० बोरा अफिम दाना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १७, २०७९


ABC (क्राईमबिट)
बाँके । नेपालबाट सिल गरेर भारत तर्फ जाँदै गरेको कन्टेनर नेपालगन्जको ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले नियन्त्रणमा लिएको छ ।

निकासी प्रमाणिकरण बिनाको लकमा सिल गरिएको कन्टेनर जमुनाहा नाकाबाट भारत जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

निकासी प्रमाणपत्र बिना नै लोड गरि सिल गरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख वरिष्ठ सइ माधव रिजालले जानकारी दिनुभयो ।

कन्टेनरमा पहाडी उत्पादन जस्तो देखिने गेडागुडी फेला परेको र त्यसको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । पहेलो गेडागुडी जस्तो सामान भेटिएको जानकारी दिदै उहाँले परिक्षणपछि मात्र त्यसको पहिचान हुने बताउनु भयो ।सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर भन्सार कार्यालय नेपालगन्ज पार गरेर सीमानाका पार गर्ने बेलामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतले पहेला गेडागुडी अफिम हुन सक्ने आशंका गरेको जनाएको छ। कन्टेनरमा २५० बोरा फेला परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]