१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

दुबईबाट आएको नाबालक कपडाको बटनमा सुनको लुकाएर ल्याउने पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नाबालकको कपडाको बटनभित्र लुकाएर ल्याइएको सुनसहित एक यात्रुलाई नियन्त्रणमा लिएको छ।

सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाईको लगेज जाँच गर्ने क्रममा नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको ६० वटा सुनका रिङ फेला परेको हो। सुनको तौल करिब १२५ ग्राम रहेको छ।

फेला पारेको सुन स्टील बटनको भित्री भागमा फिट गरि राखिएको र झट्ट हेर्दा फलामको टुक्राजस्तै देखिने किसिमको रहेको छ।

सुनसहित दमाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको भन्सार कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका दमाईले आफू भिजिट भिषामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोशाकहरू नेपालसम्म पुर्‍याईदिन अनुरोध गरेको हुँदा ल्याइदिएको बताएका छन्।

सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनावद्ध ढङ्गबाट बटनभित्र सुनलाई फिट गरि पठाइएको हुनसक्ने भन्सार कार्यालयले अनुमान गरेको छ। सुन तस्करीमा नियन्त्रमा रहेका यात्रु सुमनको संलग्नता छ वा अन्य कुनै व्यक्तिको पनि भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने कार्यालयले जनाएको छ।

भन्सार कार्यालयले अपरिचित व्यक्तिको सामानभित्र लुकाईछिपाई सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको छ वा छैन सुनिश्चित नभएसम्म नल्याउन अनुरोध गरेको छ।

सुनको अवैध तस्कर गर्ने समूह वा व्यक्तिले नयाँ तरिका अपनाउने क्रम जारी रहेपछि भन्सार कार्यालयले पनि आयात हुने मालवस्तुको निरीक्षण गर्ने शैली तथा रणनीतिलाई परिस्कृत गर्नुको साथै कर्मचारीको प्राविधिक क्षमतालाई पनि विस्तार गर्दै गइरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]