०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९

ABC (क्राईमबिट)
धनगढी । बुधबार नियमित तालिम अन्तरगत सुदूरपश्चिम प्रहरी मुख्यालयमा १० किलोमिटरको दौड गराएको थियो ।

 

अत्याधिक गर्मीका कारण उनीहरु लडेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढी नम्बर ल्याउन भन्दै दगुरेपछि उनीहरु बेहोस भएका हुन् । बेहोस भएर सेती प्रादेशिक अस्पतालमा भर्ना भएका सन्तोष नेपाली, हरि बिक, अर्जुन थारू, भरत बिष्ट, हरिनारायण राना र ताराप्रसाद पल्लीमगर उपचारपछि फर्किएका छन् भने सरोज चौधरीलाई भेन्टिलेटर र प्रशान्त रावतलाई आईसीयूमा राखेर उपचार भइरहेको छ । यस्तै दिनेश सुनारको भने अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालका डाक्टर सुमन चौधरीका अनुसार अत्याधिक गर्मीले गर्दा उनीहरुको शरीरमा तापक्रम बढेको र पानीको मात्रा घटेको हुँदा बेहोस भएका हुन् । ‘पानी समेत नदिई चाहिने भन्दा बढी कडा परिश्रम गराउँदा बेहोस भएका हुन्,’ डाक्टर चौधरीले भने,‘लगातार कडा परिश्रम हुनु र बीचबीचमा विश्राम नपाउनुले पनि उनीहरुको यो अवस्था आएको हुनसक्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो । रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश […]

कैलाली । नेपाली काङ्ग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । कैलाली-१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल र ४ मा वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन् । यस्तै, कैलाली-५ बाट नारायण शाह उम्मेदवार बनेका छन् । शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्व […]

काठमाडौं । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका हुन्। उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ। कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन्।

error: Content is protected !!