१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

पर्साबाट २७० किलो गाँजा ट्रकसहित २ भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९


ABC (क्राईमबिट)
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले २ सय ७० किलोग्राम गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसारपसार कार्य भइरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले सो परिणाम बराबरको गाँजा बरामद गरेको हो ।

परवानीपुर सडकखण्डमा चेकजाँच गर्दा युपी २१ ए एन ९९५७ नम्बरको भारतीय ट्रकको क्यावीनमा लुकाई छिपाई राखिएको अवस्थामा २ सय ७० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार गाँजासहितको ट्रक नियन्त्रणमा लिनुका साथै भारत विहार मोतिहारी ग्राम सेमरी ११ का २७ वर्षीय विजेक कुमार यादव र भारत विहार पूर्वी चम्पारण पलडवाका ५० वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!