१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

सशस्त्र प्रहरी बर्दियाले यार्सागुम्बा सहित एक जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९


ABC (क्राईमबिट)
बर्दिया । गुलरिया नगरपालिका ११ गणेशपुरस्थित नेपाल–भारत सीमानामा बुधबार साँझ कमाल अहमद खाँलाई प्रहरीले यार्सागुम्बासहित नियन्त्रणमा लिएको हो । गुलरिया नगरपालिका–११ घर बताउने खाँको साथबाट सशस्त्र प्रहरीले १ किलो ४ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

शंकास्पद रुपमा हिडिरहेका खाँलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ५ वटा पोकामा राखेको यार्सागुम्बा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । खाँले यार्सागुम्बा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले यार्सागुम्बासहित खाँलाई डिभिजन वन कार्यालयमा बुझाएको छ । डिभिजन वनका अनुसार बरामद यार्सागुम्बाको मुल्य रु ३९ लाख रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!