१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

सशस्त्र प्रहरी बर्दियाले यार्सागुम्बा सहित एक जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९


ABC (क्राईमबिट)
बर्दिया । गुलरिया नगरपालिका ११ गणेशपुरस्थित नेपाल–भारत सीमानामा बुधबार साँझ कमाल अहमद खाँलाई प्रहरीले यार्सागुम्बासहित नियन्त्रणमा लिएको हो । गुलरिया नगरपालिका–११ घर बताउने खाँको साथबाट सशस्त्र प्रहरीले १ किलो ४ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

शंकास्पद रुपमा हिडिरहेका खाँलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ५ वटा पोकामा राखेको यार्सागुम्बा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । खाँले यार्सागुम्बा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले यार्सागुम्बासहित खाँलाई डिभिजन वन कार्यालयमा बुझाएको छ । डिभिजन वनका अनुसार बरामद यार्सागुम्बाको मुल्य रु ३९ लाख रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]

(एबिसि संचार )                                                              कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा […]

(एबिसि संचार )                                                                ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र […]