२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

एआईजी बिश्वराज पोखरेल साउन १९ गतेदेखि अनिवार्य अवकाश भए

Logo
प्रकाशित बिहिबार, साउन १९, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने नेपाल सरकारको निर्णयविरुद्ध

गत बैशाख १९ गतेदेखि लामो बिदा बसेर सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका एआईजी पोखरेलको रिट निवेदनको अन्तिम सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले गत असार ३१ गते रिट खारेज गरिदिएको थियो ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको नियुक्ति खारेज गरि आफुलाई आईजीपी नियुक्ति गराइपाउ भन्दै सर्वोच्चको शरणमा पुगेका एआईजी पोखरेलले रिट खारेजसंगै साउन २ गते नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजिनामा पत्र बुझाएका थिए ।

चुनावको मुखमा लामो बिदा बसेर सरकारको निर्णयलाई चुनौती दिएपछि उनको राजिनामा स्वीकृत गर्न सरकारले खासै चासो दिएन । राजिनामा स्वीकृतिको प्रक्रिया अगाडी नबढेपछि एआईजी पोखरेल अन्ततः एआईजीको ५६ वर्षे उमेरहदका कारण यहि बिहिबार (साउन १९) मध्यरातिदेखि अनिवार्य अवकाशमा जाने भएका छन् ।

उच्च स्रोतका अनुसार करिब २० दिनअघि बुझाएको रजिनामा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाबाट अगाडी बढेको छैन । राजिनामा स्वीकृतिको प्रक्रिया अगाडी नबढेपछि प्रहरी प्रधान कार्यालयले एआईजी पोखरेलाई आगामी शुक्रबार अवकाशपत्र बुझाउने तयारी थालेको बुझिएको छ ।

नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेक प्रसाद राईले एआईजी पोखरेलको राजिनामा स्वीकृतिको कुनैपनि जानकारी अहिलेसम्म नआएको बताए ।

गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरेर आफूमाथि अन्याय गरेको भनी अदालतमा गएका पोखरेल अदालतमा मुद्दा हारेपछि राजिनामा बुझाएका थिए ।

यो पनि पढ्नुहोस्….

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज सर्वोच्चमा मुद्दा हारेपछि एआईजी विश्वराज पोखरेलले दिए राजिनामा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!