१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

बाँकेको बाढी प्रभावित क्षेत्रमा सुरक्षा प्रमुखहरु भत्किन लागेको बाँधको अनुगमनमा

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९

ABC (क्राईमबिट)
बाँके । अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल सहितको टोलीले भत्किन थालेको बाधको स्थलगत अनुगमन गरेका छन् । अवलोकन गर्न पुगेका प्रजिअ खत्रीले तत्काल बाँधको तटबन्ध मरमत र निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयहरु संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकोले गृह मन्त्रालय मार्फत बाढी प्रभावितहरुको समस्या समाधानका लागि पहल गर्ने जनाए ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले राप्ती सोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरे । बाढी प्रभावितहरुलाई तत्काल राहात दिन अनुगमन टोलीलाई उनले आग्रह पनि गरे । अध्यक्ष शाहले सिक्टाले बनाएको बाध पूर्ण रुप फुटेको खण्डमा ठूलो मानवीय क्षति हुन सक्ने भएकोले उक्त बाध मर्मतका प्राविधिहरु तत्काल खटाउन माग गरे ।

निरन्तर रुपमा परी राखेको पानीका कारण नरैनापुरमा तिन हजार घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको अनुगमन टोलीलाई प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]