१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सुर्खेत जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगर सहित ५ जना पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

कर्णाली । सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागु औषध (ब्राउन सुगर)सहित ५ जनालाई पक्राउ गरेको छ ।

सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे सुनार, ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउँपालिका–३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०मा बस्दै आएका १७ वर्षीय लोचन रावललाई दुई पुरिया ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।गए राति २३ः४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा१७च ७९६९ नंको स्कार्पियो गाडी सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नभएको दुई पुरिया ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए । प्रनाउ कार्कीका अनुसार भारतको बहराइज नानपरा घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गण्डकी लाइन बस्ने २६ वर्षीय लियाकत अलीलाई पनि तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएकोे छ ।भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतमा चेकिङमा खटिएका टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा५च ३७७२ नंको फोर्स गाडीमा जाँचका क्रममामा अलीलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!