१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

चुनावमा बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने गृहमन्त्रालयको आदेश

Logo
प्रकाशित शनिबार, मंसिर ०३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ ।

गृहमन्त्रालयको आदेशमा सुरक्षा निकायले पन्ध्र जिल्लामा विशेष सुरक्षा सर्तकता अपनाउन निर्दैशन दिएको हो । झापा, मोरङ, सिराह, सप्तरी, रौतहट, पर्सा, धनुषा, दोलखा, चितवन, गोरखा, कपिलवस्तु, पूर्वी नवलपरासी, कैलाली दार्चुला र डडेलधुरा गरी पन्ध्र जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

‘शीर्ष नेताहरुले चुनाव लडिरहेको जिल्लाको सुरक्षा अवस्था निकै चुस्त दुरुस्त पारिएको छ’, मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार नेपाल भारत सीमा जोडिएका जिल्ला पनि सुरक्षा सर्तकता बढाइएको जिल्लामा परेका छन् ।

शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, शेखर कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल लगायतका नेताहरु चुनाव लडिरहेका क्षेत्र र जिल्लामा झडप हुनसक्ने, हुलहुज्जत हुनसक्ने भन्दै निगरानीमा राखिएको हो ।

त्यस्तै बुथ कब्जामा बद्नाम रहेको दोलखा यसपटक सबैतिरको नजर परेपछि निर्वाचन आयोग र सुरक्षा निकाय दुवैले महत्व दिएका छन् ।

दोलखामा ४ देखि ६ वटा सम्म बुथ कब्जा हुने पुरानो गुनासोलाई ध्यानमा राखेर आयोगले सुरक्षा निकायलाई विशेष सर्तकता अपनाउन निर्दैशन दिएको थियो ।

मधेश प्रदेशका जिल्लामा क्षेत्रीय दल र राष्ट्रिय दलहरुबीच झडप हुनसक्ने संभवनालाई ध्यानमा राखेर उच्च सर्तकता अपनाइएको हो । दार्चुलामा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलको ठूलो चुनावी सभा भएकाले त्यहाँ पनि सुरक्षा निकायले विशेष ध्यान दिएको छ ।

त्यसैगरी पुर्वी नवलपरासी १ बाट अर्बपति विनोद चौधरीले उम्मेदवार रहेको जिल्लालाई पनि गृहमन्त्रालयले विशेष निगरानी गर्न आदेश दिएको थियो । सुदुरपश्चिमकै केन्द्र रहेको कैलालीलाई साप्रादायिक सदभाव भड्किन नदिने निगरानी बढाउनु परेको मन्त्रालयको दावी छ ।

गृहमन्त्रालयले शुक्रबार दिउसो मात्रै पत्रकार सम्मेलन गरेर निर्वाचनको सुरक्षाको सबै प्रकृया पूरा भएको जानकारी दिएको थियो । निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताएका थिए ।

यसैगरी बुथ कब्जा भए मातहत निकायलाई गोली हान्ने आदेश दिएको पनि उनले जानकारी दिएका थिए । निर्वाचन आयोगले बुथ कब्जा गर्न सक्ने संभावित जिल्लाको नाम सुरक्षा निकायलाई उपलब्ध गराइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!