१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

चुनावमा बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने गृहमन्त्रालयको आदेश

Logo
प्रकाशित शनिबार, मंसिर ०३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ ।

गृहमन्त्रालयको आदेशमा सुरक्षा निकायले पन्ध्र जिल्लामा विशेष सुरक्षा सर्तकता अपनाउन निर्दैशन दिएको हो । झापा, मोरङ, सिराह, सप्तरी, रौतहट, पर्सा, धनुषा, दोलखा, चितवन, गोरखा, कपिलवस्तु, पूर्वी नवलपरासी, कैलाली दार्चुला र डडेलधुरा गरी पन्ध्र जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

‘शीर्ष नेताहरुले चुनाव लडिरहेको जिल्लाको सुरक्षा अवस्था निकै चुस्त दुरुस्त पारिएको छ’, मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार नेपाल भारत सीमा जोडिएका जिल्ला पनि सुरक्षा सर्तकता बढाइएको जिल्लामा परेका छन् ।

शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, शेखर कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल लगायतका नेताहरु चुनाव लडिरहेका क्षेत्र र जिल्लामा झडप हुनसक्ने, हुलहुज्जत हुनसक्ने भन्दै निगरानीमा राखिएको हो ।

त्यस्तै बुथ कब्जामा बद्नाम रहेको दोलखा यसपटक सबैतिरको नजर परेपछि निर्वाचन आयोग र सुरक्षा निकाय दुवैले महत्व दिएका छन् ।

दोलखामा ४ देखि ६ वटा सम्म बुथ कब्जा हुने पुरानो गुनासोलाई ध्यानमा राखेर आयोगले सुरक्षा निकायलाई विशेष सर्तकता अपनाउन निर्दैशन दिएको थियो ।

मधेश प्रदेशका जिल्लामा क्षेत्रीय दल र राष्ट्रिय दलहरुबीच झडप हुनसक्ने संभवनालाई ध्यानमा राखेर उच्च सर्तकता अपनाइएको हो । दार्चुलामा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलको ठूलो चुनावी सभा भएकाले त्यहाँ पनि सुरक्षा निकायले विशेष ध्यान दिएको छ ।

त्यसैगरी पुर्वी नवलपरासी १ बाट अर्बपति विनोद चौधरीले उम्मेदवार रहेको जिल्लालाई पनि गृहमन्त्रालयले विशेष निगरानी गर्न आदेश दिएको थियो । सुदुरपश्चिमकै केन्द्र रहेको कैलालीलाई साप्रादायिक सदभाव भड्किन नदिने निगरानी बढाउनु परेको मन्त्रालयको दावी छ ।

गृहमन्त्रालयले शुक्रबार दिउसो मात्रै पत्रकार सम्मेलन गरेर निर्वाचनको सुरक्षाको सबै प्रकृया पूरा भएको जानकारी दिएको थियो । निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताएका थिए ।

यसैगरी बुथ कब्जा भए मातहत निकायलाई गोली हान्ने आदेश दिएको पनि उनले जानकारी दिएका थिए । निर्वाचन आयोगले बुथ कब्जा गर्न सक्ने संभावित जिल्लाको नाम सुरक्षा निकायलाई उपलब्ध गराइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]