१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

भारतको आसाममा ७० करोड बराबरको लागुऔषध सहित ५ जना पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९

(ABC-Sanchar)
काठमाडौं । भारत आसामको काछारमा शुक्रबार राति करिब ६०–७० करोड रुपैयाँ बराबरको अवैध लागुऔषध बरामद गरिएको छ भने पाँच जनालाई पक्राउ गरिएको छ ।

यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा एएनआईसँग फोनमा कुरा गर्दै भने, ‘सूचनाको आधारमा अनुसन्धान गर्दा काछार जिल्लाको प्रहरी टोलीले शुक्रबार राति मिजोरमबाट आउँदै गरेको दुई ट्रकलाई रोकी खानतलासी गर्दा दुई लाख याबा टेबुल बरामद गरेको हो । हामीले घटनास्थलबाट चार जनालाई पक्राउ गरेका छौं र पछि थप एक जनालाई पक्राउ गरेका छौं । एउटा ट्रक पनि नियन्त्रणमा लिइएको छ ।’

बरामद लागुऔषधको बजार मूल्य करिब ६० देखि ७० करोड रुपैयाँ रहेको बताउँदै उनले चार महिनामा काछार प्रहरीले २०० करोडभन्दा बढीको लागुऔषध बरामद गरेको बताए ।

यसअघि तीन लागुऔषध कारोबारीलाई पक्राउ गरिएको र आसामको कार्बी आङ्लोङ जिल्लामा उनीहरूबाट ७ करोड रुपैयाँ मूल्य बराबरको तस्करी बरामद गरिएको लाग औषध पक्राउ गरिएको थियो ।

सूचनाका आधारमा कार्वी आङ्लोङ प्रहरीको टोलीले बिहीबार राति खटखती क्षेत्रमा अप्रेसन गर्दा दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको पनि अधिकारीहरुले जनाएका छन् ।

खोजीका क्रममा दुईवटा गाडीबाट ३० हजार प्रतिबन्धित याबा ट्याब्लेट र ७५७.१५ ग्राम हेरोइनलगायतका सामान बरामद गरिएको पनि प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!