१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

भारतको आसाममा ७० करोड बराबरको लागुऔषध सहित ५ जना पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९

(ABC-Sanchar)
काठमाडौं । भारत आसामको काछारमा शुक्रबार राति करिब ६०–७० करोड रुपैयाँ बराबरको अवैध लागुऔषध बरामद गरिएको छ भने पाँच जनालाई पक्राउ गरिएको छ ।

यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा एएनआईसँग फोनमा कुरा गर्दै भने, ‘सूचनाको आधारमा अनुसन्धान गर्दा काछार जिल्लाको प्रहरी टोलीले शुक्रबार राति मिजोरमबाट आउँदै गरेको दुई ट्रकलाई रोकी खानतलासी गर्दा दुई लाख याबा टेबुल बरामद गरेको हो । हामीले घटनास्थलबाट चार जनालाई पक्राउ गरेका छौं र पछि थप एक जनालाई पक्राउ गरेका छौं । एउटा ट्रक पनि नियन्त्रणमा लिइएको छ ।’

बरामद लागुऔषधको बजार मूल्य करिब ६० देखि ७० करोड रुपैयाँ रहेको बताउँदै उनले चार महिनामा काछार प्रहरीले २०० करोडभन्दा बढीको लागुऔषध बरामद गरेको बताए ।

यसअघि तीन लागुऔषध कारोबारीलाई पक्राउ गरिएको र आसामको कार्बी आङ्लोङ जिल्लामा उनीहरूबाट ७ करोड रुपैयाँ मूल्य बराबरको तस्करी बरामद गरिएको लाग औषध पक्राउ गरिएको थियो ।

सूचनाका आधारमा कार्वी आङ्लोङ प्रहरीको टोलीले बिहीबार राति खटखती क्षेत्रमा अप्रेसन गर्दा दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको पनि अधिकारीहरुले जनाएका छन् ।

खोजीका क्रममा दुईवटा गाडीबाट ३० हजार प्रतिबन्धित याबा ट्याब्लेट र ७५७.१५ ग्राम हेरोइनलगायतका सामान बरामद गरिएको पनि प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!