२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

मन्त्रालयको गेटमा युवकलाई चक्कु प्रहार

Logo
प्रकाशित सोमबार, मंसिर २६, २०७९

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ मा चक्कु प्रहार गरेर दुई जना युवा फरार भएका छन् ।बागमती प्रदेशको अर्थ मन्त्रालय गेटमा सामान्य भनाभनपछि हातपात भएकोमा हेटौंडा ५ सिँचाइ टोल बस्ने अन्दाजी ३५ वर्षका दानिल न्यौपानेलाई चक्कु प्रहार गरेर हेमन्त थापा मगर र असिम बर्तौला फरार भएका छन् ।घटनामाथि अनुसन्धान भइरहेको र घाइतेको मकवानपुर सहकारी अस्पतालमा अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते न्यौपानेको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । न्यौपानेको कन्चट, कोखाबाट रगत बगेको देखिएको प्रत्यक्षदर्शीले बताए । बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालय गेटैमा दुई पक्षबीच हानाहान भएको थियो । मन्त्रालयसँगै रहेको पुनरावेदन अदालत पाटन हेटौंडा इजलास, जिल्ला अदालत मकवानपुर,जिल्ला मालपोत कार्यालयमा सुरक्षाकर्मी खटिरहेको अवस्थामा घटना भएको हो । -न्युज कारखाना

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!