२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

दाङको बाह्रकुने दह परिसरमा भाले र भेडाको प्रतिमा अनावरण

Logo
प्रकाशित शनिबार, पुष ३०, २०७९


(ABC-Sanchar)
दाङ । माघे संक्रान्ति नजिकिएसँगै घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहमा भेडा र कुखुराको भालेको प्रतिमा अनावरण गरिएको छ ।
बाह्रकुने दहस्थीत कान्छा बराह थानमा बलिदिनका लागि भेडाहरुलाई नुहाउनका लागि निर्माण गरिएको सानो पोखरीको विचमा निर्माण गरिएको भेडा तथा भालेको प्रतिमा एक कार्यक्रमकाबिच विहीवार विहान घोराही उपमहानगरपालिकाका पूर्व नगर प्रमुख तथा एमालेबाट दाङ २ क को प्रदेश सभा सदस्यका उम्मेद्वार बलिभद्र रानामगरले अनावरण गरेका हुन ।
उक्त प्रतिमा दाताहरू प्रेमबहादुर बुढामगरको ३ लाख ९ हजार ८०० सयको सहयोगमा भेडा र मुक्त बुढामगरले ५१ हजारको रुपैयाको लागतमा भालेको प्रतिमा निर्माण गरिएको बराह क्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीमगरले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!