१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

ड्युटीमा खटिएका प्रहरीले मोबाइल फेसबुक टिकटक प्रयोग गर्न नपाउने

Logo
प्रकाशित शनिबार, पुष ३०, २०७९

ABC (क्राईमबिट) काठमाडौं । ड्युटीमा खटिँदा प्रहरीले मोबाइल चलाउन नपाउने भएका छन् । प्रहरी युनिफर्ममा मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग भएको गुनासो बढेपछि प्रहरी प्रधान कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको हो । ड्युटीमा खटिँदा प्रहरी सतर्क रहनुपर्छ । तर मोबाइलमा कल गर्ने, च्याट गर्ने, गेम खेल्ने लगायतका गतिविधि गर्दा ड्युटी स्थलमा प्रहरीको ध्यान केन्द्रित हुँदैन,” केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने, ”यसकारण हामीले अत्यावश्यक अवस्थामा बाहेक मोबाइल प्रयोग नगर्नू भनेर निर्देशन दिएका छौं ।”

मोबाइल प्रयोग गर्नेपर्ने अवस्था आएमा सम्बन्धित इन्चार्ज वा कमान्डरको अनुमति लिनुपर्ने उनले बताए । ”हामीले सबै प्रहरीलाई वाकिटकी उपलब्ध गराउन सकेका छैनौं,” उनले भने, ”कुनै अवस्थामा सूचना संकलन एवं रिपोर्टिङका लागि मोबाइल उपयुक्त साधन हुन्छ । तर यसका लागि अनुमति लिनुपर्छ ।”

ड्युटीमा रहँदा टिकटक भिडिओ बनाउने प्रहरीलाई कारबाही गरिएको समेत उनले बताए । ”हामीले संगठनलाई चुस्त बनाउनुपर्छ । संगठनको आदेश विपरीत गतिविधि गर्ने प्रहरीलाई आन्तरिक कारबाही गर्छौं” उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!