२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ड्युटीमा खटिएका प्रहरीले मोबाइल फेसबुक टिकटक प्रयोग गर्न नपाउने

Logo
प्रकाशित शनिबार, पुष ३०, २०७९

ABC (क्राईमबिट) काठमाडौं । ड्युटीमा खटिँदा प्रहरीले मोबाइल चलाउन नपाउने भएका छन् । प्रहरी युनिफर्ममा मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग भएको गुनासो बढेपछि प्रहरी प्रधान कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको हो । ड्युटीमा खटिँदा प्रहरी सतर्क रहनुपर्छ । तर मोबाइलमा कल गर्ने, च्याट गर्ने, गेम खेल्ने लगायतका गतिविधि गर्दा ड्युटी स्थलमा प्रहरीको ध्यान केन्द्रित हुँदैन,” केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने, ”यसकारण हामीले अत्यावश्यक अवस्थामा बाहेक मोबाइल प्रयोग नगर्नू भनेर निर्देशन दिएका छौं ।”

मोबाइल प्रयोग गर्नेपर्ने अवस्था आएमा सम्बन्धित इन्चार्ज वा कमान्डरको अनुमति लिनुपर्ने उनले बताए । ”हामीले सबै प्रहरीलाई वाकिटकी उपलब्ध गराउन सकेका छैनौं,” उनले भने, ”कुनै अवस्थामा सूचना संकलन एवं रिपोर्टिङका लागि मोबाइल उपयुक्त साधन हुन्छ । तर यसका लागि अनुमति लिनुपर्छ ।”

ड्युटीमा रहँदा टिकटक भिडिओ बनाउने प्रहरीलाई कारबाही गरिएको समेत उनले बताए । ”हामीले संगठनलाई चुस्त बनाउनुपर्छ । संगठनको आदेश विपरीत गतिविधि गर्ने प्रहरीलाई आन्तरिक कारबाही गर्छौं” उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]