३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

स्रोत नखुलेको साढे २० लाख रूपैयाँसहित एक जनालाई जनकपुरधामबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र २२, २०८०

 

ABC (क्राईमबिट)

जनकपुर । भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साहलाई शुक्रबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

भारतबाट नेपाली रूपैयाँ पैठारी गरी आफ्नो साथमा लुकाइछिपाइ ओसारपसार गरी ल्याइरहेको सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार राजेशले बोकेको झोला भित्रबाट नेपाली रूपैयाँ एक हजार दरको नोट १ हजार ८५० थान र पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रूपैयाँ बरामद गरिएको छ।

बरामद गरिएको रकमसहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!