२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

राष्ट्रसंघका कर्मचारीको साथबाट पेस्तोल म्याग्जिन र गोली काठमाडौं बिमान स्थलमा पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक ११, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका संयुक्त राष्ट्रसंघका एक जना कर्मचारीको साथबाट पेस्तोल, म्याग्जिन र गोली बरामद भएको छ।

शुक्रबार एअर इण्डियाको उडान नम्बर एआई २११ बाट राति नौ बजे नेपाल आएका राष्ट्रसंघका महासचिवको टेलीकॉम मार्को आइजेभिकको साथबाट बेरोटो पेस्तोल, दुई थान माग्जिन र ४५ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

मार्को राष्ट्रसंघीय सेफ्टी एण्ड सेक्युरिटी डिपार्टमेन्टको तर्फबाट काठमाडौं आएका हुन्। सोही विभागको तालिममा सहभागी हुने आउने क्रममा उनले हतियारसमेत लिएर आएका थिए।

ती हतियार पुल्चोकमा रहेको राष्ट्र संघको कार्यालयमा बुझाउने गरी भन्सार कार्यालयमा राखिएको छ। हतियार भन्सारको जिम्मा लगाएपछि मार्केलाई भने छोडिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]