१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

राष्ट्रसंघका कर्मचारीको साथबाट पेस्तोल म्याग्जिन र गोली काठमाडौं बिमान स्थलमा पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक ११, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका संयुक्त राष्ट्रसंघका एक जना कर्मचारीको साथबाट पेस्तोल, म्याग्जिन र गोली बरामद भएको छ।

शुक्रबार एअर इण्डियाको उडान नम्बर एआई २११ बाट राति नौ बजे नेपाल आएका राष्ट्रसंघका महासचिवको टेलीकॉम मार्को आइजेभिकको साथबाट बेरोटो पेस्तोल, दुई थान माग्जिन र ४५ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

मार्को राष्ट्रसंघीय सेफ्टी एण्ड सेक्युरिटी डिपार्टमेन्टको तर्फबाट काठमाडौं आएका हुन्। सोही विभागको तालिममा सहभागी हुने आउने क्रममा उनले हतियारसमेत लिएर आएका थिए।

ती हतियार पुल्चोकमा रहेको राष्ट्र संघको कार्यालयमा बुझाउने गरी भन्सार कार्यालयमा राखिएको छ। हतियार भन्सारको जिम्मा लगाएपछि मार्केलाई भने छोडिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!