२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बेलायतमा सुनको शौचालय

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक २२, २०८०

 

(ABC-Sanchar)

लन्डन । तपाईंले धेरै अनौठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ?

यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको शौचालयको बारेमा तपाईंले सुन्नु भएको होला, जुन रातारात चोरी भएको थियो।

सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन चर्चिलको जन्मस्थल ब्लेनहेम प्यालेसबाट सुनले बनेको शौचालय चोरी भएको थियो, जसमा अहिले नयाँ अपडेट आएको छ ।

बेलायती मिडिया मेट्रोमा प्रकाशित समाचार अनुसार ब्लेनहाइम प्यालेसबाट हराएको सुनको शौचालयको चोरीको सम्बन्धमा चार जनालाई अभियोग लगाइएको छ। सो समाचार संस्थाका अनुसार १८ क्यारेट सुनको शौचालय चोरी गरेको आरोपमा चारजना चोर पक्राउ परेका हुन् ।

सुनको शौचालय चोरी गर्ने पुरुषहरूलाई गत सोमबार अर्थात नोभेम्बर ६ मा क्राउन अभियोजन सेवाले पक्राउ गरी आरोप लगाएको छ। चोरी मुद्दामा ३५ देखि ३९ वर्ष उमेर समूहका चार जनाविरुद्ध फौजदारी मुद्दा दायर भएको बताइएको छ । यी चारै चोरमाथि चोरी र आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्र गरेको आरोप पनि लगाइएको छ ।

सेप्टेम्बर २०१९ मा रातारात बेपत्ता हुनुभन्दा केही दिन अघि अक्सफोर्ड शहर नजिकैको ब्लेनहाइम प्यालेसमा यो सुनको शौचालय कला स्थापनाको हिस्सा थियो। यसको लागत ४।८ मिलियन पाउण्ड थियो। यो जान्न अचम्म लाग्न सक्छ, तर चोरी हुनु अघि प्रदर्शनीमा आगन्तुकहरूले शौचालय प्रयोग गर्न ३ मिनेटको अपोइन्टमेन्ट बुक गर्न सक्थे।

तपाईको जानकारीको लागि चोरीको सम्बन्धमा हालसम्म आरोप लगाइएको कसैको पनि नाम सार्बजनिक गरिएको छैन तर प्रहरीले प्रमाणको फाइल क्राउन प्रोसिक्युसन सर्भिसलाई बुझाएको छ, जसको माध्यमबाट चार जना विरुद्ध मुद्दा दर्ता गर्न सकिन्छ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

टाउको दुख्नुको कारण के के हुन् काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि […]

काठमाडौं । *आमा कुकुरको अवस्था* आमा कुकुरले आफ्ना बच्चा गुमाउँदा मान्छेजस्तै शोक, डिप्रेसन र तनाव महसुस गर्छे। लास कुरेर बस्नु, खान-पिउन छोड्नु, रुने/भुक्ने गर्नु शोकका लक्षण हुन्। उसलाई अहिले सुरक्षा र साथ चाहिन्छ। *तपाईंले तत्काल के गर्न सक्नुहुन्छ:* 1. *लासको व्यवस्थापन*: बच्चाको लासलाई आमाले नदेख्ने ठाउँमा गाडिदिनुहोस्। लास अगाडि हुँदा आमाले ठाउँ छोड्दिन र अझ […]

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा एक फ्रान्सेली नागरिक भिक्षा मागिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घ’टनाबारे प्रहरीले वास्तविकता सार्वजनिक गरेको छ।भाइरल भिडियोमा ती विदेशी नागरिक नेपाल भ्रमणका क्रममा लु’टिएपछि भिक्षा माग्न बाध्य भएको दाबी गरिएको थियो। तर प्रहरीका अनुसार उक्त विवरण पूर्ण रूपमा सत्य नभएको स्पष्ट भएको छ।प्रहरीले जनाएको अनुसार ४८ वर्षीय ती फ्रान्सेली […]