१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

बेलायतमा सुनको शौचालय

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक २२, २०८०

 

(ABC-Sanchar)

लन्डन । तपाईंले धेरै अनौठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ?

यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको शौचालयको बारेमा तपाईंले सुन्नु भएको होला, जुन रातारात चोरी भएको थियो।

सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन चर्चिलको जन्मस्थल ब्लेनहेम प्यालेसबाट सुनले बनेको शौचालय चोरी भएको थियो, जसमा अहिले नयाँ अपडेट आएको छ ।

बेलायती मिडिया मेट्रोमा प्रकाशित समाचार अनुसार ब्लेनहाइम प्यालेसबाट हराएको सुनको शौचालयको चोरीको सम्बन्धमा चार जनालाई अभियोग लगाइएको छ। सो समाचार संस्थाका अनुसार १८ क्यारेट सुनको शौचालय चोरी गरेको आरोपमा चारजना चोर पक्राउ परेका हुन् ।

सुनको शौचालय चोरी गर्ने पुरुषहरूलाई गत सोमबार अर्थात नोभेम्बर ६ मा क्राउन अभियोजन सेवाले पक्राउ गरी आरोप लगाएको छ। चोरी मुद्दामा ३५ देखि ३९ वर्ष उमेर समूहका चार जनाविरुद्ध फौजदारी मुद्दा दायर भएको बताइएको छ । यी चारै चोरमाथि चोरी र आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्र गरेको आरोप पनि लगाइएको छ ।

सेप्टेम्बर २०१९ मा रातारात बेपत्ता हुनुभन्दा केही दिन अघि अक्सफोर्ड शहर नजिकैको ब्लेनहाइम प्यालेसमा यो सुनको शौचालय कला स्थापनाको हिस्सा थियो। यसको लागत ४।८ मिलियन पाउण्ड थियो। यो जान्न अचम्म लाग्न सक्छ, तर चोरी हुनु अघि प्रदर्शनीमा आगन्तुकहरूले शौचालय प्रयोग गर्न ३ मिनेटको अपोइन्टमेन्ट बुक गर्न सक्थे।

तपाईको जानकारीको लागि चोरीको सम्बन्धमा हालसम्म आरोप लगाइएको कसैको पनि नाम सार्बजनिक गरिएको छैन तर प्रहरीले प्रमाणको फाइल क्राउन प्रोसिक्युसन सर्भिसलाई बुझाएको छ, जसको माध्यमबाट चार जना विरुद्ध मुद्दा दर्ता गर्न सकिन्छ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) लन्डन । तपाईंले धेरै अनौठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ? यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको शौचालयको बारेमा तपाईंले सुन्नु भएको होला, जुन रातारात चोरी भएको थियो। सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन […]

  (ABC-Sanchar) काठमाडौं । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ । उक्त भिडियोका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको सङ्ख्या बढ्दो छ । भिडियो हेर्दा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । भिडियोमा उनले स्टेजबाट एक पटक […]

  (ABC-Sanchar) काठमाडौं । नेपालको कानुन दैबले जानुन भनेको जस्तो भो आखिरमा कानून पनि हुने खाने को लागि मात्र रहेको छ सम्पन्न, पहुँच वालाहरुको मात्र रहेको छ यहा न्याय पाउनको लागि सत्तासीन मा रहेका नातेदार हुनु पर्छ । गणतन्त्र भनेको सीमित व्यक्तिको लागि मात्र रहेको बुझ्नु पर्छ नैतिकता विहिन,स्वभिमान मरी सकेका शासक रहने छन् तब […]