२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दुर्घटनामा एमालेका स्थानीय नेताको मृत्यु

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष ०१, २०८०

(एबिसि संचार )

नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु ५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उनको मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापश्चिम)स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए।

अठचालिस वर्षीय घाइते कोहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए।

उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बोहराले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]