२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पाल्पामा वनमहासंघ तानसेन नगरकाे १० औं नगर परिषद् सम्पन्न

Logo
बिदुर एमसी प्रकाशित बुधबार, भाद्र ०५, २०८१

 

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ तानसेन नगरकाे १० औं नगर परिषद् सम्पन्न मंगलबार सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सचिव डिल्ली गिरीले तीन वटै तहका सरकारहरुले उपभोक्तामाथि जबर्जस्ती लादिएको कर प्रणाली खारेज गर्नुपर्नेमा जोडदिए । सामुदायिक वनका उपभोक्ताबाट लिइने करलाई एकद्वार बनाउनुपर्ने तथा संघ, प्रदेश र स्थानीय तहले विभिन्न बहानामा वन उपभोक्ता समितिबाट कर लिइरहेको उनले बताए ।
स्थानीय तहलाई सामुदायिक वन सञ्चालनको अधिकार दिनुपर्छ । सामुदायिक वन महासंघ समन्वय गरेर अगाडि बढ्न तयार रहेको गिरीले बताए । कर प्रणालीलाई एकद्वार बनाउन सरकारलाई दबाब दिन आवश्यक रहेको उनले बताए ।

जंगली जनावरलाई नियन्त्रण गर्ने कानुन बनाउनुपर्छ । बाँदर र बदेंललाई हानिकारक जन्तुका रुपमा राखिएको पनि यसको नियन्यन्त्रणका लागि सरकारले योजना ल्याउनुपर्ने सचिव गिरीले बताए। विशिष्ट अतिथि सामुदायिक वन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले सामुदायिक वनका उपभोक्ता समूहले वनको संरक्षणसँगै रचनात्मक कार्यक्रम गर्दै आएको बताइन् । समूहमा आवद्ध सदस्यलाई सक्षम बनाउने काम गरेको छ । महिलालाई  नेतृत्व गर्न सक्ने क्षमता महासंघले प्रदान गर्दै आएका बताइन् । हरेक निकायमा महिला सहभागिता र महिलालाई सशक्तीकरण गर्नुपर्छ भन्ने पक्षमा काम गर्दै आएको उनले बताइन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत लगायतका क्षेत्रमा जनतालाई सहयोग गर्दै आएको बताइन् ।

वन महासंघ पाल्पाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आर्थिक क्रान्तिमा सामुदायिक वनलाई उपयोग गर्नुपर्ने बताए । डिभिजन वन कार्यालय पाल्पाका वरिष्ठ वन अधिकृत रामचन्द्र लामाले स्थानीय उपभोक्ताले नै सामुदायिक वनलाई हरभरा बनाएको बताए । आर्थिक आम्दानी प्राप्त गर्नेगरी वनलाई प्रयोग गर्न मिल्ने नीति तथा कार्यक्रम वन कार्यालयले ल्याएको उनले सुनाए ।

कार्यक्रममा तानसेन नगरपालिका–७ का वडाध्यक्ष प्रदीप खनाल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, वन महासंका रैनादेवी छहरा गाउँपालिका अध्यक्ष श्रीकृष्ण आत्रेय, वन महासंघ पाल्पाका संस्थापक सचिव हरिसुमर रेग्मी, पोसपाखा सामुदायिक वनका अध्यक्ष तुलबहादुर गाहा, बेलखर्क सामुदायिक वनका अध्यक्ष राजु खड्का लगायतले शुभकामना दिएका थिए । सामुदायिक वन महासंघ तानसेनका अध्यक्ष भवानी गौतमले आफूले वनका उपभोक्ताको हितमा काम गर्दै आएको बताइन् । उनले स्थानीय सरकारले महासंघलाई वेवास्ता गरेको बताइन् । आफूहरू स्थानीय सरकार गौतमले आग्रह गरिन् ।

कार्यक्रममा सहभागीहरूले आफ्ना वनमा रहेका साल लगायतका रुख प्रयोग गर्न पाउनुपर्ने माग गरेका थिए । भवानी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन महासंघलाई सहयोग गरेका विभिन्न वन उपभोक्ता समिति र विभिन्न सहयोगी व्यक्तिलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ तानसेनका उपाध्यक्ष अष्टबहादुर विकले स्वागत गर्नुभएको कार्यक्रममा सह–सचिव दुर्गा नेपालीले सञ्चालन गरेका थिए । विगतको समीक्षा र भावी कार्ययोजना तय गर्दै परिषद् सम्पन्न भएको अध्यक्ष भवानी गौतमले जानकारी गराएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

error: Content is protected !!