०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue
×

यसपाली दिपा श्री ब्याउने कुरो छ भन्दै चिच्याए दुर्गेश थापा

Logo
प्रकाशित शनिबार, आश्विन ११, २०७६

  • बिनोद दर्नाल

असोज १०,काठमाडौ । गायक,संगीतकार तथा मोडल दुर्गेश थापा भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा यस्पाली त दिपा श्री ब्याउने कुरो छ् भन्दै चिच्याउदै थिए । यो शब्द रियल मा नभएर रिल मा मात्रा थियो । राजनीतिक पृष्ठभूमीमा माया प्रेम को कुरो बुनिएको फिल्म “छ माया छपक्कै” को प्रोमोसनल प्यारोडी गीत रिलिज भएको छ ।

असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ को प्यारोडी गीत गायक दुर्गेश थापाको स्वरमा रहेको पप शैलीको तीज गीत हामी पनि नाच्नु पर्छ ‘बिच्च बिच्चमा’ बोलको को संगीतमा रमाइला टुक्का शब्दहरु जोडेर गीत तयार गरिएको छ । गीत को पहिलो उद्देश्य मर्मा नै दर्शकहरु लाई फिल्म हेर्न आग्रह हो। गीतमा दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ ।

भिडियोमा गायक दुर्गेशसहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला फिचर्ड छन् ।

उक्त गीतका कारण फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ । यसअघि फिल्मको ‘जूनको जुनेली’ गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । जसले यूट्युबमा राम्रो भ्यूज पाएका छन् । सफल निर्देशक दिपाश्री निरौला ले निर्देशनमा सघाएको फिल्म लाई , घाम पानी , गोपी जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ मा दीपकराजले एक युवा नेताको भूमिका निभाएका छन् ।

जसको आफूभन्दा आधा उमेर कम युवती (केकी अधिकारी) सँग को प्रेम लाई गज्जब ले प्रस्तुत गरिएको छ। रोहित अधिकारीको निर्माण रहेको फिल्म मा जितु नेपाल र केदार प्रसाद घिमिरे कार्यकारी निर्माता रहेका छन ।

फिल्ममा कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट लगाएत रहेका छन । छ माया छपक्कै असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

भिडियो हेर्नुहोस् 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबाट आएका प्रतिनिधिबिच शुक्रवार छलफल भएको गृह मन्त्रालयका प्रवक्ता […]

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

(ABC-Sanchar) दाङ । राजेन्द्र रावतको शब्द तथा सुमन बस्नेत र मुना कुमालको स्वरमा रहेको ‘नियतिको खेल’ बोलको गित सार्बजनिक भएको छ । बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई डाकुन पिक्चरको ब्यानरमा बजारमा ल्याईएको हो । अजय रेग्मीको छायांकन,कृष्ण बाजुरालीको संगीत,एरेन्ज र मिक्सिंग गरेको गितमा बिक्रम बुढाथोकी,धुर्ब कोईराला र जसोदा कार्कीले अभिनय गरेका छन […]