०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

कोही फुलमा पनि त बिष हुन्छ नि दाङ सिडियो गोबिन्द रिजाल

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

(एबिसी संचार) कोहि कोहि फुलमा पनि त बिष हुन्छ होईन र ?
मीठो बोली र मुस्कानमा नि रिस हुन्छ होईन र ?
भन्न त तिमिले नि भन्छौ म छु सधै तिम्रो लागी
तर आफ्नैबाटै छुरा रोप्ने कोशिस हुन्छ होईन र ?
हुन त चोकचोकमै छन अहिंसाका पक्षपातिहरू
यहाँ मन्दिरमै बली चढाउने साजिस हुन्छ होईन र ?
सधै ढाँट्ने छल्ने भएर पो मान्छे देउता भएन
नत्र मान्छेको हृदयमा पनि त ईश हुन्छ होईन र ?
कोहि कोहि फुलमा पनि त बिष हुन्छ होईन र ?
मीठो बोली र मुस्कानमा नि रिस हुन्छ होईन र ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल विविध संस्कृति, परम्परा, भाषा र खानाका परिकारले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराईका हरेक क्षेत्रले आफ्नै मौलिक पहिचान बोकेका छन्। तर आधुनिक जीवनशैली, बढ्दो शहरीकरण र विदेशी संस्कृतिको प्रभावका कारण स्थानीय उत्पादन तथा रैथाने खानाको प्रयोग क्रमशः घट्दै गएको छ। यस्तै अवस्थामा रात्रिकालीन बजारको अवधारणा र रैथाने खानाको संरक्षण तथा प्रवर्द्धन […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित ज्ञानमाला एकेडेमीमा कक्षा १० मा अध्ययनरत स्मारिका चौधरीले घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनको चित्र बनाएकी छिन् । अभियानले पछिल्लो समय सिर्जनशील कार्यक्रमहरू गरिरहेको भन्दै अभियानका संयोजक प्रियासनको हौसला बढाउन स्मारिकाले चित्र बनाएकी हुन् । स्मारिकाले बनाएको चित्र पाएपछि प्रियासनले सामाजिक सञ्जालमा स्मारिकाप्रति कृतज्ञता जाहेर गर्दै नयाँ […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!