०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

दाङको तुल्सीपुर देखि ५ किलो चरेशसहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(सागर थापा)
दाङ माघ १३ तुलसीपुर उपमहानगरपालिका १३ बखरियाबाट आज करिब ४ः००बजे चरेश सहित रुकुम घर भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिषेश सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले ५ के.जी चरेश सहित ३ जनालाई पक्राउ गरेको हो । चाेकाेफनकाे डब्बामा लुकाएर राखिएकाे अवस्थामा चरस फेला परेकाे थियाे ।
पक्राउ पर्नेमा रुकमुको मुसीकोट निबासी बर्ष ४०काे बहादुर बोहोरा,बर्ष २१काे अनिल पुन र आठविसकोट बर्ष २८काे हिम बस्याल रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रति किलो २५ हजार रुपैयाँमा विक्री गर्न हिडेका उनिहरुलाई विशेष सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

error: Content is protected !!