३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

डिएसपीले दिए गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई एक महिनाको पारिश्रमिक

Logo
प्रकाशित आइतबार, माघ २६, २०७६

चितवन माघ २६ नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर धितालले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ आफ्नो एक महिनाको पारिश्रमिक बराबर ४० हज़ार ३ सय ८० रूपियॉ धनधान्याञ्चल महायज्ञमा प्रदान गर्नु भएको छ ।
भरतपुर महानगरपालिकाको वडा नं. १५ रामपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले आकार लिँदै गइरहेको छ । क्रिकेट रंगशाला निर्माणको क्रम तीव्ररुपमा अगाडि बढिरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महायज्ञ आयोजना भई रहेको छ ।
निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा शुक्रबारमात्रै आठ करोड ६० लाख उठेको छ । शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुको समेत सहभागी भएको थियो ।
विभिन्न संघसंस्था, दाता र स्थानीय सरकारले सहयोगको घोषणा गर्ने क्रम जारी छ । धुर्र्मुस सुन्तली फाउण्डेशनको अगुआईमा निर्माण भईरह्को रंगशाला समग्र खेल जगतकै मुहार फेर्ने योजना भएकोले सम्पुर्ण नेपालीले आ-आफ्नो दक्ष अनुसार सहयोग गर्नु पर्नेप्रहरी नायव उपरीक्षक कृष्ण बहादुर धितालले वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!