११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

बर्दिया राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

Logo
प्रकाशित आइतबार, फाल्गुण ०४, २०७६

नेपालगन्ज- बर्दियाको राजापुरमा  फाल्गुन  १० गते नि:शुल्क स्वास्थ्य शिविर हुनेभएको छ। आइतबार नेपालगन्जमा आयोजक टिमले पत्रकार सम्मेलन गरि सो शिविरको बारेमा औपचारिक जानकारी दिएको हो।
विगत लामो समय शिक्षा प्रदान गरेको श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले गर्न लागेको उक्त स्वास्थ्य शिविर यहीँ फागुन १० गते हुनेछ।
करिब १० वर्षदेखि नेपालगन्जमा विभिन्न इभेन्ट गर्दै आएको एक्स जेनेरेसन, नितेश कन्स्ट्रक्सन राजापुर बर्दिया,तुलसी निर्माण सेवा बर्दिया,राजापुर राइस मिल राजापुर र अर्चना ट्रेड एण्ड सप्लायर्स नेपालगन्जको आयोजनामा उक्त शिविर हुन लागेको एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोगजंग शाहले बताए।
राजापुर वासीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिने र भेरी अंचल अस्पतालका दक्ष चिकित्सकहरु द्वारा स्वास्थ्य जाँच गराउने उद्देश्य आयोजना गरिएको शिविर राजापुर उद्योग वाणिज्य संघ बर्दियाको प्राङ्गणमा हुनेछ। उक्त शिविर मा डा.पारस श्रेष्ठ (फिजिसियन) डा. नवीन बुढाथोकी (स्त्रीरोग बिशेषज्ञ) डा. हरी पौडेल (न्युरो सर्जन) को टिम आउने छ। यो शिविर पुर्ण रुपमा निःशुुल्क हुनेछ । चेकजाच र अौषधी निःशुुल्क हुने शाह ले जानकारी गराउनु भयो ।
श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले
उक्त स्कुलका पुर्व शिक्षक तथा सहपाठी समर्पित गर्दै निशुल्क स्वास्थ्य शिविर गरिएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!