२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मिडिया काउन्सिल विधेकको विशेषमा सभामुखलाई पत्रकार महासंघको ध्यानाकर्षण

Logo
प्रकाशित सोमबार, फाल्गुण १२, २०७६

काठमाडौं फागुन १२ नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडी बढाउन सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेको छ।
सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरुलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्नेगरी अगाडी बढ्न आग्रह गरेको हो ।
कानून निर्माण प्रकृयालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशमा अगाडी बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताउनुभयो ।
महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरै भन्दा धेरै नागरिकहरुको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानून निर्माण प्रकृया स्थापना गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय आएका केही विधेयकका प्रवाधानहरुमा आफ्नो गम्भिर विमती रहेको उल्लेख गर्दै पोख्रेलले मिडियार्लाइ स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितीको निर्माण गर्न माग गर्नुभयो ।
ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तरक्रियाबाट अगाडी बढ्ने प्रयत्न आफुले गर्ने बताउनुभएको छ ।
परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियन कानून बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उहाँले बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकहरुमा स्वतन्त्रता सम्बन्धि बन्देज लगाउने प्रावधानहरु रहेकोले ती प्रावधानहरुलाई सच्याउन ध्यानाकर्षण गराएको हो ।
महासंघले सभामुखको सफल कार्यकालको बर्धाइ तथा शुभकामना दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!