प्रकशित मिति : १४ फाल्गुन २०७६, बुधबार २०:२३

बुटवल फागुन १४ सम्मरीमाई गाउँपालिका–५ का वडा अध्यक्ष श्रवण कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
बुधबार चौकिल्ला सिफारिसका लागि सेवाग्राहीसँग ७० हजार घुस लिएको अभियोगमा सम्मरीमाई गाउँपालिका–५ का वडा अध्यक्ष यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
यसैबीच बन्दी प्रत्यक्षीकरणमा सहयोग गर्ने भन्दै १५ हजार घुस रकम लिने क्रममा उच्च अदालत सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी महेन्द्र यादवलाई पनि घुस रकमसहित नियन्त्रणमा लिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com