०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

समायोजनमा DSP र इन्स्पेक्टरले SP मा बढुवा नभएसम्म अन्य प्रदेश सरुवा हुन नपाउने भएका छन

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

(सागर थापा)
काठमाडौँ नेपाल प्रहरीमा अब प्रदेश प्रहरी समायोजन भएर जाने डीएसपी र इन्स्पेक्टरले एसपीमा बढुवा नभएसम्म अन्य प्रदेश वा संघअन्तर्गतका युनिटमा सरुवा हुन नपाउने भएका छन् ।
‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५’ अनुसार नयाँ भर्ना भएका प्रहरी निरीक्षकले कम्तीमा १५ वर्ष र भर्खर बढुवा भएका डीएसपीले कम्तीमा ५ देखि ७ वर्षसम्म एउटै प्रदेशअन्तर्गर्तका जिल्लामा रहेर काम गर्नुपर्ने छ । अहिलेको अभ्यास र बढुवा पद्धतिअनुसार प्रहरी निरीक्षक भएको १० वर्षमा डीएसपी हुन सक्छन् । त्यस्तै डीएसपी भएको ५ देखि ७ वर्षसम्ममा एसपी हुन सक्छन् ।
प्रहरीमा सरुवाबढुवाको वार्षिक क्यालेन्डर प्रणाली नहुँदा पनि करिअर प्लानमा ध्यान दिइएको छैन । समायोजन ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । त्यसकै आधारमा गृह मन्त्रालयले केही दिनअघिबाट समायोजनको काम थालेको छ । प्रहरी मुख्यालयले जुनियर अधिकृत (जवानदेखि नायब निरीक्षक) सम्म मात्रै प्रदेश सरकारमातहत सरुवाबढुवा तथा वृत्ति विकासको अधिकार दिने गरी सुझाव पेस गरेको थियो । ऐनमा भने जवान र सहायक निरीक्षकसम्मको भर्ना प्रदेश सरकारअन्तर्गतको लोकसेवा आयोगले गर्ने, प्रहरी निरीक्षकको संघीय लोकसेवा आयोगले गर्ने र डीएसपीसम्म समायोजन हुने कर्मचारी एसपी नभएसम्म सम्बन्धित प्रदेशअन्तर्गतकै जिल्लामा रहेर कार्यसम्पादन गर्ने प्रावधान राखिएको छ ।
संघीय सरकारका गृहमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय, गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको समन्वय समितिले समायोजनसम्बन्धी समन्वय तथा अनुगमन गर्न सक्ने प्रावधान ऐनमा छ । डीएसपीसहित करिब ५५ हजार प्रहरी जनशक्ति प्रदेश प्रहरीमा पठाउने गरी तयारी थालिएको गृह मन्त्रालयका एक सहसचिवले बताए । प्रहरीमा हाल करिब ८० हजार जनशक्ति भए पनि ७० हजार हाराहारीमा मात्रै कार्यरत छन् । दरबन्दी भएर पदपूर्ति हुन नसकेका करिब १० हजार जनशक्ति समायोजनपछि मात्रै भर्ना गर्ने प्रहरी मुख्यालयको तयारी छ ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले फिल्डमा काम गर्दा कस्तो अवस्था आउँछ, त्यसकै आधारमा औपचारिक धारणा सम्बन्धित ठाउँमा पुर्याउने उनले बताए । ज्ञवालीले समायोजनका लागि विवरण संकलन थालिएको बताए । कानुनतः ऐन प्रमाणीकरण भएको ३० दिनभित्र विवरण संकलन गरिसक्नुपर्ने प्रावधान छ । संघ र प्रदेश प्रहरीमा समायोजन नभएकालाई ‘पुल दरबन्दी’ को रूपमा राख्ने ऐनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!