२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

समायोजनमा DSP र इन्स्पेक्टरले SP मा बढुवा नभएसम्म अन्य प्रदेश सरुवा हुन नपाउने भएका छन

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

(सागर थापा)
काठमाडौँ नेपाल प्रहरीमा अब प्रदेश प्रहरी समायोजन भएर जाने डीएसपी र इन्स्पेक्टरले एसपीमा बढुवा नभएसम्म अन्य प्रदेश वा संघअन्तर्गतका युनिटमा सरुवा हुन नपाउने भएका छन् ।
‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५’ अनुसार नयाँ भर्ना भएका प्रहरी निरीक्षकले कम्तीमा १५ वर्ष र भर्खर बढुवा भएका डीएसपीले कम्तीमा ५ देखि ७ वर्षसम्म एउटै प्रदेशअन्तर्गर्तका जिल्लामा रहेर काम गर्नुपर्ने छ । अहिलेको अभ्यास र बढुवा पद्धतिअनुसार प्रहरी निरीक्षक भएको १० वर्षमा डीएसपी हुन सक्छन् । त्यस्तै डीएसपी भएको ५ देखि ७ वर्षसम्ममा एसपी हुन सक्छन् ।
प्रहरीमा सरुवाबढुवाको वार्षिक क्यालेन्डर प्रणाली नहुँदा पनि करिअर प्लानमा ध्यान दिइएको छैन । समायोजन ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । त्यसकै आधारमा गृह मन्त्रालयले केही दिनअघिबाट समायोजनको काम थालेको छ । प्रहरी मुख्यालयले जुनियर अधिकृत (जवानदेखि नायब निरीक्षक) सम्म मात्रै प्रदेश सरकारमातहत सरुवाबढुवा तथा वृत्ति विकासको अधिकार दिने गरी सुझाव पेस गरेको थियो । ऐनमा भने जवान र सहायक निरीक्षकसम्मको भर्ना प्रदेश सरकारअन्तर्गतको लोकसेवा आयोगले गर्ने, प्रहरी निरीक्षकको संघीय लोकसेवा आयोगले गर्ने र डीएसपीसम्म समायोजन हुने कर्मचारी एसपी नभएसम्म सम्बन्धित प्रदेशअन्तर्गतकै जिल्लामा रहेर कार्यसम्पादन गर्ने प्रावधान राखिएको छ ।
संघीय सरकारका गृहमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय, गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको समन्वय समितिले समायोजनसम्बन्धी समन्वय तथा अनुगमन गर्न सक्ने प्रावधान ऐनमा छ । डीएसपीसहित करिब ५५ हजार प्रहरी जनशक्ति प्रदेश प्रहरीमा पठाउने गरी तयारी थालिएको गृह मन्त्रालयका एक सहसचिवले बताए । प्रहरीमा हाल करिब ८० हजार जनशक्ति भए पनि ७० हजार हाराहारीमा मात्रै कार्यरत छन् । दरबन्दी भएर पदपूर्ति हुन नसकेका करिब १० हजार जनशक्ति समायोजनपछि मात्रै भर्ना गर्ने प्रहरी मुख्यालयको तयारी छ ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले फिल्डमा काम गर्दा कस्तो अवस्था आउँछ, त्यसकै आधारमा औपचारिक धारणा सम्बन्धित ठाउँमा पुर्याउने उनले बताए । ज्ञवालीले समायोजनका लागि विवरण संकलन थालिएको बताए । कानुनतः ऐन प्रमाणीकरण भएको ३० दिनभित्र विवरण संकलन गरिसक्नुपर्ने प्रावधान छ । संघ र प्रदेश प्रहरीमा समायोजन नभएकालाई ‘पुल दरबन्दी’ को रूपमा राख्ने ऐनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

error: Content is protected !!