२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दिया प्रहरीले २ वटा भरुवा बन्दुक सहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

सागर थापा
बर्दिया फागुन २२ जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरीले बिहान १० बजेको समयमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.९ टपरी गाँउ स्थित बस्ने बर्ष ५७ को दिप बहादुर खड्काले आफ्नो माछा पोखरीको किनारामा रहेको सानो झुपडी घरमा भरुवा बन्दुक राखेको छ भन्ने गोप्य सूचनाको आधारमा बर्दिया प्रहरीबाट खटिएको टोलीले उक्त स्थानमा गई खानतलासी गर्दा भरुवा बन्दुक थान-२, ऐ.मा लाग्ने गोली थान-१९, केप थान-१७, बारुदको डिब्बा थान-२, फलामको बेरिङ सहितको डिब्बा थान-१, फेला पारेको हुँदा उक्त बन्दुक, गोली सहित निज दिप बहादुर खड्कालाई पक्राउ गरी हातहतियार तथा खरखजना मुद्धा दर्ता गरी आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेश बास्तोलाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]