२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

दुर्घटना

सुर्खेतमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

सुर्खेत माघ ७ सुर्खेतको भेरीगंगा नगरपालिका १२ छिन्चुमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। बा ३ ख ६३५२ नम्बरको गाडीले ठक्कर दिँदा भेरीगंगा–४ का राजु बोहराको मृत्यु भएको हो। मंगलबार राति पौने ९ बजेतिर गाडीले उनलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ। प्रहरीका अनुसार गाडीको ठक्करबाट घाइते भएका बोहराको उपचारका लागि नेपालगञ्ज […]

नवलपरासी फागुन ३ सुनवल नगरपालिका–३ मा शनिवार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा कारमा सवार बारा जिल्लाको दक्षिण झिटक्या गाउँपालिका–२ का ५५ वर्षीय रियाजुल मिया रहेका छन् । […]

धादिङ फागुन २ बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए […]

नारायण गिरी तुल्सीपुर माघ २९ सल्यानमा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। कपुरकोटदेखि बुटवल जाँदै गरेको लु १ ग १२३ कपुरकोटको सबुज गणको गाडी कपुरकोट–३ चोरखालामा सेनाको गाडी दुर्घटना भएको हो। दुर्घटनामा जमदार यादवप्रसाद धरेलको मृत्यु भएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए। उनका अनुसार मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र […]

(सागर थापा) सल्यान माघ १४ मोटरसाईकल दुर्घटनामा परि मंगलवार सल्यानमा एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका वडा नं. १ रानिपानी घर भएका अन्दाजी ४३ वर्षीय शिक्षक टेकबहादुर केसीको दुर्घटनामा परि मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित कल्लेखोलामा शिक्षक केसी सवार रा ३ प ७००० नम्बरको मोटरसाईकल अनियन्त्रित भएर […]

(भावना हमाल) दैलेख माघ १३ ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । भे १ त ९७७० नम्बरको ट्रयाक्टर दुर्घटनामा भगवतीमाई गाउँपालिका–५ कट्टी २० वर्षीय भीमबहादुर बिकको ज्यान गएको प्रहरी चौकी बेस्तडाका प्रहरी सहायक निरीक्षक मनोज कँडेलले जानकारी दिनुभयो । जाजरकोटको सुयडाबाट दैलेखको बेस्तडाका लाागि जाँदै गरेको उक्त ट्रयाक्टर तीब्र गतिका कारण भगवतीमाई गाउँपालिका–४ को […]