०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

मुख्य समाचार

बर्दियामा जताततै बाघको आतङ् कायमै,

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

पर्सा । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको २० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन्। हालै वीरगन्जमा सशस्त्र प्रहरीले अवैध गतिविधिहरु विरुद्ध अभियान चलाएको छ, जसमा अवैध रकमसहित व्यक्तिलाल पक्राउ गरिएको हो ।

दाङ । तुलसीपुरमा वैदेशिक रोजगारीमा पठाइदिन लिएको रकम ठगी गरेको भन्दै एक जनालाई जुत्ताको माला लगाएर बजार घुमाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ थर्पुडाँडा निवासी ३५ वर्षीय पर्साराम विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले बताए । विकले तुलसीपुर–६ बरुवागाउँ निवासी ३६ वर्षीय शेरबहादुर वलीलाई बुधबार […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ढुवानी गर्ने सवारी साधन नियन्त्रणमा लाइएको छ। नेपाल प्रहरीले अवैध उत्खनन् र ढुवानी विरुद्ध अभियान चलाएको छ। नेपाल प्रहरीले अबैध उत्खनन् र ढुवानी गर्ने सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरेको छ। यसका लागि प्रहरीले विभिन्न जिल्लामा अभियान पनि चलाएको छ ।

  खोटाङ । काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा शव बोकेको हेलिकोप्टर दुर्घटनामा परेको छ। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा मानवीय क्षती नभएको जानकारी दिइन्। गाउँपालिका अध्यक्ष समिर राईका अनुसार हेलिकोप्टर बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो। ४ […]

दाङ । गढवा गाउँपालिका–५ बाँकीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। साँझ करिब ७:३० बजे भएको दुर्घटनामा रा ६ प १७६९ नम्बरको मोटरसाइकल चालक सोही स्थानका अन्दाजी ४२ वर्षीय भानु रिजालको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिएका छन्। स्थानीयका अनुसार रा १ त […]

कर्णाली । गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनका मृत भेटिएकी १६ वर्षीय इनिशा विकको शव अझै उठेको छैन । स्वतन्त्र र निष्पक्ष छानबिन, घटनामा संलग्नलाई कडा कारबाहीसहित न्यायको माग राख्दै घटना भएको १० दिन बितिसक्दा पनि उनको परिवारले शव उठाउन मानेको छैन । इनिशाको शव सुर्खेतस्थित प्रदेश अस्पतालमै छ । इनिशाको बलात्कारपछि हत्या […]

काठमाडौं । झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच सरकार गठनका विषयमा निरन्तर छलफल भइरहेको छ। अबको एक हप्ताभित्र बालेन नेतृत्वमा सरकार गठनको तयारी भइरहँदा मन्त्री चयनका विषयमा भने दुई नेताबीच कुरा मिल्न सकेको छैन। बालेनले सरकार गठनमा आफूलाई सहज […]

काठमाडौं । नेपाल प्रहरीले नागार्जुन नगरपालिका-८ भिमढुंगाबाट २८ वर्षीय सागर गिरी र सोही उमेरका प्रमोदप्रसाद धिताललाई नगदसहित नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट करिब १ करोड १६ लाख रुपैयाँ नगद बरामद गरिएको छ। प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका फरक-फरक व्यक्तिको नाममा रहेका तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएका २७ लाख ३० हजार रुपैयाँ बराबरका तीन […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर चन्दको सक्रियतासँगै जिल्लामा तस्करी नियन्त्रणमा कडाइ गरिएको छ। सीमावर्ती क्षेत्रमा निगरानी बढाइँदै नियमित गस्ती र चेकजाँचलाई तीव्र बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।यसै क्रममा चैत १ गते नं. ३० गण मुख्यालय बागेश्वरी बाँके तथा मातहत इकाइबाट खटिएको सशस्त्र […]

error: Content is protected !!