बर्दिया । भारतीय सीमा नाका हुँदै आउँदै गरेका बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी नगरपालिका लगायत विभिन्न ठाउॅबाट १३ जना लागुऔषधका कारोबारी र सेवनकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो र राति गरेको स्वीप अप्रेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
बाँके । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले गर्मी खप्न नसक्ने अवस्थाले सर्प चिसोको खोजीमा बाहिर निस्कँदा केहीको घरमा पसेको उल्लेख गर्दै ती सर्पको उद्धार गरिएको बताए । “अहिले दैनिकजसो एउटा सर्पको बस्तीबाट उद्धार गरिएको छ […]
बाँके । कसुरजन्य कार्यको आरोप लागेका बालबालिकाको पहिचान गोप्य राख्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उच्च अदालत नेपालगञ्जले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर वा भिडियो सार्वजनिक नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८-१) तथा उच्च अदालत नियमावली, २०७३ को नियम […]
काठमाडौं । जेनजी विध्वंसको दोस्रो दिन, २४ गते प्रहरीमाथि भएको कुटपिट र निर्मम आक्रमणको घटनामा कार्की आयोगको प्रतिवेदन मौन देखिएको छ। घटनामा सुरक्षाकर्मीमाथि भएको गम्भीर आक्रमणलाई बेवास्ता गरिएको भन्दै आयोगको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। सार्वजनिक रुपमा आएका विवरणअनुसार उक्त दिन प्रहरीमाथि कुटी कुटी आक्रमण गरिएको थियो। तर, यति संवेदनशील र गम्भीर […]
बाँके । नेपालगन्जको जमुनाहा नाकामा कडाई गरेको सशस्त्र प्रहरीले बाँकेका विभिन्न सहायक नाकामा पनि उत्तिकै कडाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३० गण हेडक्वार्टर बागेश्वरीको एसपी भीमबहादुर चन्दले कमाण्ड सम्हालेपछि सशस्त्र प्रहरीले अवैध सामान धमाधम बरामद गर्न थालेको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याउन लागेको सामानमा समेत कडाई गरेको सशस्त्र प्रहरीले तस्करी भइरहेका […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सिर्जना बुढा मगरको जली मृत्यु प्रकरणमा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको उच्च स्रोतका अनुसार थप दुई जना पक्राउ परेका छन् । उनीहरुलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको हो ।२०८२ साल चैत १४ गते राति करिब ११ः ३५ बजे नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित सडकमा सोही स्थानकी २२ वर्षीया […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा मातहतका सम्पूर्ण कार्यालयहरुमा सवारी चालकको रुपमा कार्यरत रही सवारी चालन गरिरहेका प्रहरी कर्मचारीहरुलाई ‘चालकको परिचय तथा काम, कर्तव्य, सावधान रहने अवस्था, चालकबाट हुने गल्तीहरु, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएका प्रावधानहरु तथा सामान्य मर्मत संभार’ समेत समावेश भएको १ दिन अवधिको ‘रक्षात्मक सवारी चालन तथा सामान्य […]
रुकुम पूर्व । प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको रुकुम पूर्व अस्पतालको हालै तयार भएको भवनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका-५, रुकुमकोटमा आइतबार आयोजित एक औपचारिक कार्यक्रम गरेर मुख्यमन्त्री आचार्यले उक्त भवन उद्घाटन गरेका हुन् । सोही अवसरमा नव निर्मित भवनबाट स्वास्थ्य उपचार सेवा समेत शुभारम्भ गरिएको छ […]
बाँके । सशस्त्र प्रहरी बल,नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरीको विशेष टोलीले डुडुवा गाउँपालिका–१ पाँजाचौफेरी क्षेत्रबाट भे २ त २३५ नम्बरको ट्याक्टरमा लोड गरी ल्याइँदै गरेको ६२० केजी सागा च्याउ बरामद गरेको हो। उक्त सागा च्याउ २० कार्टुनमा राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।बरामद गरिएको सागा च्याउ ‘फुड सप्लिमेन्ट’ […]
काठमाडौं । प्रहरी प्रभाग बुढानिलकण्ठ दुर्गा मन्दिर पुनः निर्माण तथा प्रहरी प्रभाग बुढानिलकण्ठ लेखिएको संस्कृति झल्किने कलात्मक पर्खाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यूको आतिथ्यमा निर्माण संयोजक सरोज श्रेष्ठज्यू एवं समितिका सदस्यहरु सहित सहयोगी र शुभेच्छकहरुको उपस्थितिमा समुद्घाटन सम्पन्न भएको छ ।