(ABC-Sanchar) धनकुटा । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ […]
(ABC-Sanchar) दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नगर भित्र रहेको कुनै पनि मातहतका कार्यालयमा आवश्यकताका आधारमा कर्मचारी खटाउन सकिने अधिकार आफुलाई भएको बताउनु भयो । कार्य क्षमता अब्बल भएका प्रशासनिक कर्मचारीलाई उसको कार्य सम्पादनका आधारमा सरुवा वा कामकाजमा पठाउदैमा राजनीतिक विषय नबनाउन समेत उहाँले सबैलाई आग्रह गर्नु भएको छ । प्रशासन अधिकृतलाई मेरो […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार निर्देशन सम्बोधन गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक राणाले सबै संगको समन्वय र सहकार्यमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन गर्न सफल भएकोमा सम्पुर्ण प्रहरी कर्मचारीहरू, म्यादी प्रहरीहरूलाई धन्यवाद दिनु भयो । प्रहरी […]
(ABC-Sanchar) बाँके । कोहलपुर केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाहरुले नेटवर्क विस्तारका लागि तानिएका तारहरु अव्यवस्थित भएको पाइएपछि कोहलपुर नगरपालिकाले त्यसलाई व्यवस्थित गर्न सुरु गरेको छ । केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाहरुले नेपाल विद्युत प्राविधिकरणलाई निश्चित शुल्क तिरेर विद्युतकै पोलमार्फत् लाइन विस्तार गरेका छन् । विद्युत प्राधिरकणकै मापदण्ड विपरीत अस्तव्यस्त तानिएका यस्ता तारहरुले बजारको […]
(ABC-Sanchar) काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिनुपर्ने निर्वाचन आयोगल निर्णय गरेको थियो । नुवाकोटमा रहेको दुईवटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम यही शनिबार सार्वजनिक भएको थियो […]
(ABC-Sanchar) दाङ । कार्यकारीलाई लमही नगरपालिका बाट लखेट्न भन्दै उनिहरु आन्दोलित बनेका हुन् । ४९ जना कर्मचारीहरु एकताबद्ध बन्दै हातमा कालो पट्टि बाँधेर कार्यकारीको बिरोधमा उत्रिएका छन् । आईतबार लमही नगरपालिकामा पत्रकार सम्मेलन गर्दै कर्मचारीहरुले कार्यकारीको ज्यादती बिरुद्धको आन्दोलन रहेको बताए । उनिहरुले आईतबार प्रमुख उपप्रमुख सहित कार्यपालिका सदस्यहरुलाई एक सुत्रिय माग सहित ज्ञापनपत्र बुझाएका […]
(ABC-Sanchar) काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको चालू मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत पाएको छ। अहिलेसम्म स्वतन्त्र पार्टीले १० लाख आठ हजार मत ल्याएको छ। निर्वाचन आयोगका अनुसार, ८८ लाख ९५ हजार मत गणना भएको छ। मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ। सबैभन्दा पहिलो स्थानमा रहेको नेकपा (एमाले)ले २४ लाख ४२ हजार मत […]
(ABC-Sanchar) दोलखा । निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने मिति तोक्ने भएको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गर्न लागेको हो । दोलखामा आयोगले पठाएको छानविन टोलीको प्रतिवेदन आयोगमा आइपुगेकोले त्यसको अध्ययन गरेर पुनः मतदान गराउनुपर्ने अवस्था रहेमा त्यसबारे निर्णय गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। गत मंसिर […]
(ABC-Sanchar) रोल्पा । उत्तरी रोल्पाको थबाङ गाउँपालिका–२ कोइचबाङस्थित स्थानीय शंकर झाँक्रीको घरमा शनिबार आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको बताइएको छ । प्रहरीका अनुसार शनिबार साँझ ५ बजेतिर ५८ वर्षीय झाँक्रीको घरमा आगलागी भएको थियो । ढुंगा र माटोले बनेको ढुंगाको छाना भएको ३ तले घरमा अचानक आगलागी भएपछि आगो नियन्त्रणमा लिन मुस्किल परेको […]
(ABC-Sanchar) दाङ । नव निर्वाचित सांसदहरुले अलपत्र अबस्थामा रहेकाे घाेराही- तुलसीपुरकाे फाेरलेन सडक बनाउन पहल थालेका छन् ।नवनिर्वाचित सांसदहरुले आज घाेराहीमा प्रमाणपत्र बुझ्दै अलपत्र सडक बनाउन चासाे देखाएका हुन । मुख्य निर्वाचित अधिकृत कृपासुर कार्कीले प्रमाणपत्र हस्तान्तरण गरे लगत्तै आयाेजित सर्वपक्षीय बैठक बसेकाे थियोे । जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायका प्रमुख, सडक डिभिजन कार्यालय र […]