ABC (क्राईमबिट) काठमाडौं । उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले सवारीसाधन चेक गर्दै पास विनाका सवारीलाई दिनभर होल्ड गरिएका हुन्। मतदानको दिनआज काठमाडौंका सडक सुनसान देखिएका छन्। कहि कतकतै भने चलिरहेका छन्। ट्राफिक प्रहरीले चेक गर्दै पास नभएका सवारीसाधनलाई होल्ड गरेर राख्दै आएको छ। यसरी होल्ड गरिएका सवारीसाधन बेलुका सात बजेपछिमात्रै छाडिने ट्राफिक प्रहरीले जनाएको छ। […]
(ABC-Sanchar) बर्दिया । गुलरिया नगरपालिका १ स्थित खैरापुर स्थित शम्भुशरण मावी मतदान केन्द्रको बाहिर खेतमा विष्फोटको आवाज सुनिएको थियो । ‘सर्वदलीय बैठक बसेर मतदान सुचारु गर्ने निर्णय गरिएको छ’ बर्दियाका एसपी वीरेन्द्र शाहीले भने विष्फोटबारे अनुसन्धान गर्दैछौँ ।’
ABC (क्राईमबिट) बर्दिया । गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ । मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ । हाल मतदान स्थगित भएको छ । यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका […]
(सागर थापा) दाङ । मुख्य सडकदेखि बजार निर्वाचनका कारण सुनसान देखिएको हो । मतदाताहरु निर्वाचनमा केन्द्रीत हुँदा र सुरक्षालाई मध्यनजर गर्दै बजार तथा कार्यालयहरु बन्द भएको हुँदा बजार सुनसान देखिएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पछिको दोस्रो आम निर्वाचनलाई लिएर मतदाताहरु पनि उत्साहित देखिन्छन् । आफुले दिएको मतकै कारण देशको र आफ्नो भविष्य सुरक्षित […]
ABC (क्राईमबिट) तेह्रथुम । लालीगुराँस नगरपालिका–८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए । के कारणले उनको मृत्यु भएको भन्ने कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ABC (क्राईमबिट) काठमाडौँ । निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ । मुलुकका विभिन्न ठाउँमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज गरिएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले जानकारी दिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोको नेकपाले पछिल्लो साता देशका विभिन्न ठाउँमा विस्फोट गराउने र शङ्कास्पद वस्तु राख्ने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । आइतबार […]
ABC (क्राईमबिट) दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदान स्थलमा शङ्कास्पद वस्तु फेला परेपछि अझै मतदान सुरु हुन सकेको छैन । आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शङ्कास्पद वस्तु भेटिएपछि रोकिएको हो । सेनाले उक्त वस्तु निष्क्रिय पारेपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ […]
(ABC-Sanchar) काठमाडौँ । आज भइरहेको चुनावमा प्रतिनिधिसभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रनेमा अधिकांश ४० देखि ६० वर्ष उमेर समूहका नेता छन् । साना र स्वतन्त्र उम्मेदवारी दिनेहरू धेरै युवा छन् । तर पुराना र प्रमुख […]
ABC (क्राईमबिट) काठमाडौँ । विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ। चितवन क्षेत्र नम्बर–१ राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्। १५–२० जनाको समूहमा रहेको समूहले निर्वाचन बिथोल्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीले जनाएको छ । हवाई फायरपछि उनीहरू भागेको र […]
ABC (क्राईमबिट) काठमाडौं । निर्वाचनमा खटिएका सुरक्षाकर्मीले तीन अवस्थामा माथिल्लो निकायबाट आदेशबिना नै गोली चलाउने सक्ने अधिकार सरकारले दिएको छ । आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा तथा मतपत्र-÷मतपेटिकको सुरक्षामा खतरा उपन्न हुने अवस्थामा फिल्डमा खटिएका सुरक्षकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने निर्देशन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दिएका छन् । सुरक्षालाई चुस्त बनाउन […]