०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

समाचार

निर्वाचन सम्पन्न भएसंगै नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउनेबारे छलफल सुरु

ABC (क्राईमबिट) काठमाडौं । निर्वाचन सम्पन्न भएलगत्तै नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउनेबारे छलफल सुरु भएको छ । केही उच्च प्रहरी अधिकारीले चार महिनापछि अवकाश पाउने भएकाले यो प्रावधान संशोधनका लागि पहल सुरु भएको गृह मन्त्रालय स्रोतले बताएको छ । गृहमन्त्री बालकृष्ण खाणले यसअघि नै सार्वजनिकरुपमा आफू ३० वर्षे सेवाहद हटाउने पक्षमा रहेको बताइसकेका छन् […]

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी चटारो छ । उमेरजन्य हिसाबले पनि उनी चुनावमा बढी केन्द्रित हुँदा यता प्रधानमन्त्री कार्यालयमा भने निजी सचिव जनक भट्टको हालीमुहाली भएको स्रोतले बताएको छ । समाचार स्रोतका अनुसार, प्रधानमन्त्रीको पीए हुँदा भट्टले विगतमा जुन पार्टीको प्रधानमन्त्री भयो, त्यो पार्टी निकटका प्रशासकहरुलाई संरक्षण गर्ने गरेका थिए । तर भट्टका […]

(ABC-Sanchar) रुकुम । पश्चिममा मतगणना सुरु भएको छ । सुरुवाती चरणमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं. १ को मतबाट गणना सुरु भएको हो । यहाँबाट सरकारका अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, एमालेबाट नन्दराम देवकोटा, राप्रपाबाट दिपककुमार मल्ल र गठबन्धनको बागीको रुपमा स्वतन्त्र उम्मेदवार तारक केसी प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् […]

(ABC-Sanchar) काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने तेस्रोमा […]

(ABC-Sanchar) सुर्खेत । सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको निर्वाचन सुरू भएको छ । निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो । मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधिसभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेको थियो । यहाँ २ हजार ९ सय मतदाता छन् ।

(ABC-Sanchar) दाङ । १, २ र ३ बाट सत्ता गठबन्धनका क्रमशः एकीकृत समाजवादीका मेटमणि चौधरी, माओवादी केन्द्रकी रेखा शर्मा र नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिएका हुन् ।   दाङ १ को कुल मत ५ हजार २८५ मत गन्दा मेटमणिले २ हजार ९९ मत, एमालेकी शान्ता चौधरीले १ हजार ३२६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका […]

(ABC-Sanchar) दाङ । क्षेत्र नं. २ मा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्माको अग्रता कायमै रहेको छ । ५ हजार ७ सय ८० मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी शर्माले मुख्य प्रतिस्पर्धी नेकपा एमालेका महासचिव पोखरेललाई ६ सय ८३ मतले पछि पार्दै अग्रता कायम राख्नुभएको हो । शर्माले २ हजार ४ सय ४३ […]

(ABC-Sanchar) काठमाडौँ । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता लिएका छन् । कुल ३ सय मतगणना हुँदा १ सय २५ मत ल्याएर अग्रता लिएका हुन् । एमालेकी शान्ता चौधरीले ६९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले १८ […]

(ABC-Sanchar) जुम्ला । प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ४०० मत गन्दा उनले २५४ मत प्राप्त गरेका छन् ।   यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ८५ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले २४ मत प्राप्त गरेका […]

(ABC-Sanchar) काठमाडौं । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले दोब्बर मतले अघि बढेकी छिन् । १ हजार ३०० मत गणना हुँदा गौतमले ४४० मत पाउँदा दोस्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले २७५ मत पाएका छन् । तेस्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती २४६ मत पाएकी छिन् । चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले २२२ […]

error: Content is protected !!