ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हल्चोक, स्वयम्भुमा बिहिबार एक कार्यक्रमकाबीच “समर्पण एपीएफ मासिक” पत्रिकाको बिमोचन गरेका छन् । उनले संगठनमा भएका गतिविधिहरुका बारेमा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु जानकार हुन् भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका संगठनको एक ऐतिहासिक क्षण समेत हुने विश्वास […]
ABC (क्राईमबिट) काठमाडौं । मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई […]
ABC (क्राईमबिट) काठमाडौं । निर्वाचनमा ३४ हजार ८ सय ३८ सशस्त्र प्रहरी खएिका छन् । निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा बिशेष जिम्मेवारी छ । यसबाहेक सीमा सुरक्षा पनि सशस्त्रकै जिम्मेवारीमा छ । बिहीबार रातिदेखि भारतसँगका सबै नाका बन्द भएकाले नाकामा निगरानीको जिम्मेवारी सशस्त्र प्रहरीको काँधमा छ । […]
बाँके । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर भारत तथा चीनसँगका सीमानाका बन्द गरिएको छ । चुनावका बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि गएराति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म छिमेकी दुई देशसँग जोडिएका सीमानाका बन्द गरिएको हो । सीमा क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्थालाई कडा पारिएको गृह मन्त्रालयले जनाएको छ । […]
ABC (क्राईमबिट) काठमाडौ । प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंहले मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकतालाई अक्षुण्ण राख्दै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं सुरक्षित तवरबाट भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिवद्ध हुनुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअलरुपमा भिडियो कन्फ्रेन्समार्फत् बुधबार […]
यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ। निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ। मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। स्थिर […]
झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो । मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए । उाका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन ।डिभिजन […]
चुनावको बेलामा नेपाल प्रहरीमा एआइजीका चार दरबन्दी रिक्त भएका छन् । एआइजी रिक्त भएपछि केही विभाग निमित्तको भरमा छन् ।एक साताअघि उपत्यका प्रहरी कार्यालयमा कार्यरत एआइजी रबिन्द्र धानुकले अवकाश पाए । ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । एआइजीको अवकाशको उमेरहद बढाउनेबारे मन्त्रिपरिषद्मा छलफल भएपनि निर्वाचन आयोगले सहमति नदिएपछि उनले अवकाश पाएका हुन् […]
रसुवा नाका हुँदै रक्सी र चुरोट तस्करी हुन थालेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध रक्सी र चुरोट बरामद गरेको छ । भन्सार छली सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा कार्तिक ३० गते बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले […]
ABC (क्राईमबिट) काठमाडौं । गण्डकी प्रदेशका कानुनमन्त्री एवं कास्की २ (२) का उम्मेदवार विन्दुकुमार थापालाई पैसा बाँड्न आएको भन्दै समातिएका छन् । पोखरा–१६ बाटुलेचौरको गन्धर्व बस्तीमा उनलाई स्थानीयले साँझ साढे सात बजे नियन्त्रणमा लिएका हुन्। उनलाई सुरक्षा रोहबरमा आजलाई छोडिएको छ । कास्की २ का मुख्य निर्वाचन अधिकृत दयाराम अधिकारीले बिहीबार थप छलफल गर्ने बताएका […]