(ABC-Sanchar) काठमाडौं । क्षेत्र नम्बर ७ मा कुल मत २७५० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । पराजुलीले ६१५ मत ल्याएर अग्रता कायम गरेका हुन् । पराजुलीलाई पछ्याउँदै एमालेका श्यामकुमार घिमिरेले ५०९ मत ल्याएका छन् । सत्ता गठबन्धनकी नेपाल समाजवादीकी अस्मिता सिंह मानुषी यमी भट्टराईले ४५५ मत ल्याएर तेस्रो स्थानमा […]
(ABC-Sanchar) नवलपरासी । (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने बताए । स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ […]
ABC (क्राईमबिट) काठमाडौं । बाजुरामा थप एक जनाको मृत्यु भएको छ। आइतबार मतदान सकिनै लाग्दा काँग्रेस कार्यकर्ताको प्रहरीको गोलीबाट निधन भएको थियो सोही क्षेत्रमा एक एमाले निकट विद्यार्थी नेताको पनि मृत्यु भएको छ। जिल्लामा आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ। अयडी […]
(ABC-Sanchar) काठमाडौँ । जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरूको मतगणना फरक-फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सिसिटिभी क्यामरा जडान गरिएको छ । काठमाडौँ क्षेत्र नं.१ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल […]
(ABC-Sanchar) काठमाडौं । चुनावका लागि मतदान गर्ने समय सकिएपनि बेलुका ७ बजेपछि मात्र गाडी चल्ने भएको छ। मतदान गर्ने समय सकिए पनि अहिले लाइनमा बसेकाहरूले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनको दिन काठमाडौंमा सवारी साधन चलाउन रोक लगाइएको थियो। चुनाव सकिए पनि बेलुका ७ बजेपछि मात्र गाडी चलाउन पाउने प्रहरीले जनाएको छ। […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेक प्रसाद राई आइतबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालय दक्षिण कोरियाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म संचालन हुने ‘फ्रेन्ड्स अफ कोरिया’ बिषयक कार्यक्रममा सहभागी हुन उनि त्यसर्फ गएका हुन् । उनको अनुपस्थितिमा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको केन्द्रीय प्रहरी […]
(ABC-Sanchar) दाङ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानको सूचना संकलनका लागि मतदान स्थल पुगेका पत्रकारहरुलाई अवरोध गरेकोप्रति पत्रकार महाँसंघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दाङको बिभिन्न मतदान स्थलमा पत्रकारहरुलाई प्रवेश गर्न, फोटो खिच्न र समाचार संकलन गर्न अबरोध सिर्जना गरेकोमा नेपाल पत्रकार महासंघ दाङ शाखाले विज्ञप्ति निकालेर गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । […]
ABC (क्राईमबिट) डोटी । शिखर नगरपालिका–८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर गरिएको हो। भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए। केही समयका लागि मतदान प्रक्रिया रोकिए […]
(ABC-Sanchar) काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही ठाउँमा स्वतन्त्र उम्मेदवारको पक्षमा वातावरण देखिए पनि उनीहरूले देश चलाउन नसक्ने दाबी गरेका छन् । गोरखा क्षेत्र नम्बर-२ मा गठबन्धनका उम्मेदवार रहेका उनले आज आइतबार ठाटीपोखरीमा पत्रकारसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारले चुनावी अङ्क गणितमा पनि खासै फरक नपार्ने बताएका छन् । तर स्वतन्त्र […]
(ABC-Sanchar) काठमाडौं । निर्वाचनको बिरोध गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नाराबाजीसहित प्रदर्शनमा उत्रनेबितिकै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।