(ABC-Sanchar) दाङ । तुलसीपुर घोराही जोड्ने फोर लेनको सडक विस्तार तथा निर्माणको कामले गति लिन नसक्दा थुप्रै यात्रुले सास्ती खेप्न बाध्य भएका हुनु । चार वर्ष पहिले सुरु भएको कामले अझैसम्म तीव्रता लिन सकेको छैन । उक्त सडकखण्डमा पछिल्लो पटक श्रेष्ठ कम्पनीका रोशन श्रेष्ठले काम गरिरहनुभएको छ उनी पेटी ठेकेदारका रुपमा आएको सातौँ ठेकेदार छन् […]
ABC ( Sanchar) काठमाडौं । बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौँको […]
(ABC-Sanchar) चितवन । कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अष्टमी (सोमबार)को साँझ करिब ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत […]
(ABC-Sanchar) दाङ । देउखुरीको अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय अजित विक र साेहि ठाउँ निवासी १२ वर्षिय ललित परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि […]
ABC ( Sanchar) गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उनको शव ३८ दिनपछि फेला परेको हो […]
ABC (Sanchar) संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए। उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक सिंहले मौलोपूजाका […]
(राजन थारू) धनगढी । कैलालीका किसानलाई दसैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् । पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा नोक्सान […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल विधेयक (सन् २००१) र सशस्त्र प्रहरी बल ऐन (सन् २००२) का माध्यमबाट सशस्त्र प्रहरी बल स्थापना गरिएको हो । सशस्त्र प्रहरी बलको उद्देश्य शान्ति, कानुन तथा सुव्यवस्था कायम गर्नु तथा नागरिकहरूको जीवन, सम्पत्ति र स्वतन्त्रताको संरक्षण गर्नु हो । सशस्त्र प्रहरी बलको स्थापना प्रारम्भिक रूपमा नेपाल सेनाबाट […]
(ABC-Sanchar) काठमाडौं । म्याग्दी रघुगङ्गा गाउँपालिका २ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बडीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै रु तीन लाख १५ हजार रकम तिर्ने […]