(ABC-Sanchar) चितवन । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ : ३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो । नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ […]
(ABC-Sanchar) काठमाडौं । भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २५ जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रहरीले २५ ओट शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको छ । मङ्गलबार […]
(ABC-Sanchar) काठमाडौं । भारतको केन्द्रीय गृह मन्त्रालयले हिजबुल मुजाहिद्दीन, लस्कर-ए-तैयबा र अन्य प्रतिबन्धित संगठनका कुल १० सदस्यहरूलाई गैरकानूनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गत आतंकवादी घोषणा गरेको छ। यस १० जनाको सूचीमा समावेश नामहरुमा साजिद जट (पाकिस्तानी नागरिक), बासित अहमद रेशी (मूल रूपमा काश्मिरको बारामुल्ला, हाल पाकिस्तानमा), इम्तियाज अहमद कान्डु उर्फ सज्जाद (सोपोर, कश्मीरका निवासी तर […]
(ABC-Sanchar) दाङ । लगातार वर्षातका कारण राप्ती नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्व ज्वालामाइ गण भालुवाङ्का प्रमुख बिनोद केसीले राप्ती नदीको बहाव बढेको जानकारी दिए । उनका अनुसार बुधवार दिउसो साढे १ बजे खतराको तह पार गरी ५.४५ मिटर पुगेको छ, यो खतराको तह हो । राप्ती नदीले […]
(ABC-Sanchar) राजविराज । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिए । मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा […]
(राजन थारु) धनगढी । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन्– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिएका उनी हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन् । उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन। बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरिन। राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नेछिन्। राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, […]
(ABC-Sanchar) काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पनि दशैंको टीका लगाएनन्। उनले छोरी, बुहारी, नाति–नातिनीलाई दशैंको टीका लगाए पनि आफूले भने लगाएनन्। विगतका वर्षहरुमा पनि प्रचण्डले परिवारका सदस्यलाई टीका लगाइदिने गरेका थिए। उनले आफूले भने टीका लगाउने गरेका थिएनन्। सशस्त्र युद्धका समयमा प्रचण्डको परिवारका कुनै पनि सदस्यले टिका लगाउने […]
(ABC-Sanchar) काठमाडौं । भारतीय सेनाले आफ्नो एउटा चित्ता हेलिकप्टर अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ । पीआरओ डिफेन्स तेजपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना बिहान १० बजे भएको र हेलिकप्टर नियमित निरीक्षणमा रहेको बताएको छ । दुर्घटनापछि दुवै पाइलटलाई सेनाको अस्पताल लगिएको थियो तर एकजना पाइलटको मृत्यु भएको थियो । दोस्रो पाइलटको […]
(ABC-Sanchar) बागलुङ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको छैन । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूहले भत्ता नपाएका हुन् । ‘मेरो त दसैँ खर्च नै त्यही भत्ता हो तर आएन”, […]