२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

बर्षा र पहिरोले लमही घोराही प्रसारण लाइनको टावर ढाल्यो विद्युत केही दिन अबरुद्ध हुने

(ABC-Sanchar) दाङ । लगातारको वर्षा र पहिरोको कारण दाङको लमही घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो । प्रसारण लाइनमा ढलेपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएको थियो । प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी […]

(ABC-Sanchar) काठमाडौं । आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ। नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु तेस्रो दिन […]

(ABC-Sanchar) काठमाडौं । झापाको बिर्तामोडमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा रुपलाल हस्दाकी छोरी ११ वर्षीया सञ्जुको मृत्यु भएको हो। उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

(सागर थापा) दाङ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दाङमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । जिल्लाकाे घाेराहीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ भने तुलसीपुर र लमहीमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे । निर्वाचन आयाेगले असाेज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनकाे लागि निर्वाचन अधिकृतकाे […]

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु । गोडुवजोत विजयनगर कपिलवस्तुमा धान काटेर खेतमै सुकाएको अवस्थामा परेको अविरल बर्षाले धानबालीमा क्षति गरेको हो भने, पाकेको धानखेतमा बर्षाले डुबान गरेको छ । वेगले आएको हावाहुरीले पाकेको सबैजसो धान ढलाएको छ । ‘शनिबार मात्र धान काटेर खेतमा राखेका थियौ । आज या भोलिमा उठाउने तयारी थियो तर, एक्कासी ठूलो पानी […]

(केभी निस्चयल) दाङ । तुलसीपुर १३ बबरपुरमा शव फेला परेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ ।फेला परेको शव पहिले नै कालगतिले मरेको गाडेको शव भएको प्रहरीले बताएको छ। स्थानीयका अनुसार शव भेटिएको १०० मिटर नजिकै क्रिष्चियन धर्मालम्बीहरुले शव गाड्ने जमिन रहेकोले बबईमा आएको बाढीले अहिले निकालेर किनारमा फालेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । […]

(महेन्द्र सिंह) बाँके । लगातारकाे वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँकेकाे डुडुवा गाउँपालिका वडा नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढी घरभित्र पसेपछि अन्नपात, […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्जको स्थानीय तहमा स्थापना गरिएका दुर्गा मूर्तिलाई बिहीबार बिसर्जन गरिएको छ । घटस्थापनाको दिनदेखि घर तथा नगरका बिभिन्न स्थानमा स्थापना गरिएको दुर्गा भवानी, गणेश, कार्तिकेय, लक्ष्मी, सरस्वतीको प्रतिमालगायतका सामग्री र अवशेषलाई सिधनियघाट स्थित राप्ती नदीमा लगेर बिसर्जन गरिएको हो । मूर्ति सेलाउने क्रममा विभिन्न स्थलमा मेलासमेत लागेको थियो । मूर्ति बिसर्जनको […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले वडा दसैं २०७९ को अवसरमा बिहीबार बिहान सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक सिंहले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती […]

(महेन्द्र सिंह) बाँके । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।   आज बिहान ६ः३० बजे कुसुममा नदीको सतह […]

error: Content is protected !!