२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

म्यादी प्रहरीको भर्ना दसैंपछि ४० दिनमा ४० हजार तलब पाउने म्यादी प्रहरीले

ABC (क्राईमबिट) काठमाडौं । मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरीको दसैंपछि भर्ना खुल्ने भएको छ । दसैंको विदा सकिएपछि म्यादी प्रहरीको भर्ना प्रक्रिया थाल्ने तयारी प्रहरीले गरेको छ । यसपालि पनि प्रहरीले ४० दिनका लागि म्यादी प्रहरीको भर्ना गर्नेछ । सरकारले आइतबारै १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि […]

(ABC-Sanchar) काठमाडौं । हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ। आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा […]

(ABC-Sanchar) काठमाडौं । सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले उजुरी दिने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो शेयर भइरहेको छ । माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न […]

ABC (क्राईमबिट) कैलाली । प्रहरीमा यतीसम्म बेथिती बढेको छ कि बरामद भएका सामान नै हराउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको करिब नौ सय किलो चिनी कार्यालयबाटै हराएको छ । एसपीकै मिलेमतोमा चिनी हराएको प्रहरी अधिकारीले बताएका छन् । जून घटनामा प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ । गत ८ भदौमा प्रहरीले […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ […]

ABC (क्राईमबिट) काठमाडौं । कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी सहकुल थापाले सम्हालेका छन् । प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले विश्वभरका प्रहरी प्रमुखहरुको सम्मेलनमा जानुअघि थापालाई कार्यबाहक जिम्मेवारी दिएका हुन् । सोमबार साँझ आईजीपी सिंह अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदैछ । अगस्ट ३१, सेप्टेम्बर १ र २ […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफका कर्मचारीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न नभएसम्मका लागि राजीनामा दिन रोक लगाइएको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्मका लागि मातहत सबै दर्जाका कर्मचारीलाई राजीनामा दिन रोक लगाएको दुवै सुरक्षा निकायले जनाएका छन्। विशेषगरी तल्लो तहका कर्मचारी स्वेच्छिक अवकाशमा जाने क्रम बढेपछि दुवै सुरक्षा निकायले यस्तो […]

ABC (क्राईमबिट) काठमाडौं । देशभरीका जेलमा अवैध धन्दा चलिरहेको छ । संविधान दिवसमा कैदी छुटाउन भन्दै पैसा लेनदेन भइरहेको स्रोत बताउँछ । कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेव घिमिरेकै नाममा यस्तो चलखेल भइरहेको छ । महानिर्देशक घिमिरेको कतिपय गतिविधि पनि शंकास्पद भएको र उनको नाममा जेलमा पैसा उठाउनुलाई संयोग मात्र मान्न सकिने अवस्था छैन । घिमिरेले […]

  (राजन चौधरी) धनगढी । पथरैया नदीमा आएको बाढीले कैलालीका सयौं घर डुबानमा परेका छन् । भजनी नगरपालिका-८ मा नदीको पानीले सतह पारगरी गाउँ पसेपछि जनकपुर गाउँ, कालिका टोल जलमग्न बनेका हुन् । घरमा बाढी पसेसँगै यहाँका नागरिक हुलाकी सडक र उच्च स्थानमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ । यहाँ अझै वर्षा जारी रहेकाले सतर्कता […]

(ABC-Sanchar) पोखरा । तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ । मंगलबार तनहुँ अदालतमा पेशी रहेको र नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेले बताइन् । नावालिग बलात्कारको आरोपमा पक्राउ परेका शाह गत ३० चैत देखी तनहुँ जिल्ला कारागारमा थुनामा रहेका छन् ।

error: Content is protected !!