२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीलाई चालकले घुस दिन खोजे पछी पक्राउ

ABC (क्राईमबिट) काठमाडौं । ललितपुरको धोबिघाटमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालकलाई प्रहरीले पक्राउ गरि अभद्र व्यवहारको मुद्धा चलाएको छ । बा ८५ प ८९६७ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको बाणगंगा नगरपालिका ७ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३६ वर्षीय केशव भुसाललाई पक्राउ गरि मुद्धा चलाएको हो । मंगलबार साँझ ट्राफिक […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको बुधबारको निर्णय अनुसार १६ जना डीएसपीको काज सरुवा भएको हो ।

ABC (क्राईमबिट) दाङ । सरुवा भएर जान लागेका प्रहरी उपरिक्षक सुरेश काफ्लेलाई सामुदायिक प्रहरी सेवा केन्द्र दाङले बिदाई गरेको छ । १४ महिना भन्दा बढि जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख भएर जिम्मेवारी पुरा गरेका काफ्लेलाई केन्द्रले बिहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो । केन्द्रका अध्यक्ष आर.के. शीतलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रहरी […]

(ABC-Sanchar) दाङ । कार्यालय भित्र पोशाकमै ‘डगी डान्स’ गरेपछि आलोचित बनेका स्वास्थ्यकर्मीले माफी मागेका छन् । दाङको बबई गाउँपालिकाले सञ्चालन गरेको हापुरे प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीले ‘डगी डान्स’ गरेपछि चौतर्फी आलोचना भएको हो । विप्लवसहितका ४ राजनीतिक दलले गरेको बन्दको दिन कार्यालयमै अस्पताल प्रमुखसंग अनुमति लिएर उनीहरुले तीज बिशेष कार्यक्रम गरेका थिए । तीज बिशेष […]

ABC (क्राईमबिट) दाङ । सरकारले मिटर व्याज पिडितलाई निवेदन दिन सार्वजनिक सुचना निकालेपछि दाङमा उजुरी दर्ता गर्नेको संख्या बढ्दै गएको छ । जिल्लामा करिब दुई साताको अवधिमा ४७ जना मिटर व्याज पिडितले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । उजुरीमा उनिहरुले मासिक १३ देखि २० प्रतिशतसम्म व्याज बुझाउने गरेको देखिएको छ । […]

(ABC-Sanchar) काठमाडौं । फिल्म सुटिङको बहानामा १४ जना व्यक्तिलाई नर्वे पुर्‍याउन भारतस्थित नर्वेजियन दूतावासमा किर्ते कागजात पेस गरिएको खुलेको छ । नेपाल पर्यटन बोर्डका तर्फबाट पेस गरिएको किर्ते सिफारिसमा भिसा माग गरिएका १४ जनाको सूचीमा दुई चर्चित कलाकार अभिनेत्री केकी अधिकारी र अभिनेता हरिश (आर्यन) सिग्देलको नामसमेत छ । दूतावासमा ‘ब्लु बर्ड एचडी’ नामक चलचित्र […]

ABC (क्राईमबिट) तनहुँ । बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ। साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो। रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण […]

(ABC-Sanchar) काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन। सबैको बाँच्ने अधिकार हुन्छ!’

ABC (क्राईमबिट) अछाम । मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ। पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन। सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई […]

(सागर थापा) काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक एसपी हरुको काज सरुवा भएको छ । प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंहको बुधबारको निर्णय अनुसार ५ जना एसपीको काज सरुवा भएको हो । सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय दाङको जिम्मेवारी एसपी वीरबहादुर ओलीलाई दिइएको छ । त्यस्तै सुरेश प्रसाद काफ्लेको अपराध अनुसन्धान विद्यालय […]

error: Content is protected !!