ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक एकैपटक अमेरिका जाने भएका छन् । अमेरिकामा हुने विश्वभरीका प्रहरीहरुको सम्मेलनमा भाग लिन दुवै महानिरीक्षक भदौ तेस्रो साता भ्रमणमा जान लागेका छन् । यूएनकप्स भनिने संयुक्त राष्ट्र संघले आयोजना गर्ने यस्तो सम्मेलन हरेक वर्ष हुने गरेको छ । आगमी १५ र १६ भदौमा राष्ट्रसंघको […]
ABC (क्राईमबिट) काठमाडौं । ललितपुरको नख्खु कारागार भित्र कारागार नाइकेले मनोमानी गरेको भन्दै कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् । स्रोतका अनुसार कैदी बन्दीहरूले नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेको भन्दै नाइकेविरुद्ध आन्दोलित बनेका हुन् । बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् । ४ सयभन्दा धेरै संख्यामा […]
(ABC-Sanchar) कैलाली । धनगढी उपमहानगरपालिका ६, जालीमा घरअगाडि पार्किङ गरिराखेको एउटा ट्याक्टरमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार राति स्थानीय करण चौधरीको घरअगाडि पार्किङ गरिराखेको ट्याक्टरमा आगजनी गरिएको हो । आगजनीबाट नयाँ ‘अनटेस्ट’ लेखिएको ट्याक्टरको बाहिरी भाग जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रशाद जोशीले जानकारी दिए । […]
(ABC-Sanchar) बझाङ । बुधबार बिहान करिब ८ बजे बुंगल नगरपालिका-९ बस्ने आमा, छोरा र छोरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए। २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मृत फेला परेका हुन्। स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो। अहिले नजिकैको अस्थायी […]
ABC-Sanchar काठमाडौं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडा दशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए […]
ABC-Sanchar भक्तपुर । अविरल वर्षाको कारण मनहरा खोलाको बहाव बढ्दा किनाराको बस्ती डुबेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बंगुर फर्म बगाएको छ । सो फर्म सुनसरी घर भएका हरि राईले संचालन गरेका हुन् । दुवोकाट बेशीमा खोला किनारका २० वटा घर टहरा डुबाएको छ । चाँगुनारायण नगरपालिका–१ स्थित […]
(ABC-Sanchar) काठमाडौं । वासिङ्टनमा राष्ट्रपति जो बाइडेनको निवास ह्वाइट हाउस बाहिर ४ अगस्ट २०२२ मा चट्याङ पर्यो । यसको चपेटामा चारजना व्यक्ति परे । ७६ वर्षीय जेम्स म्युलर र ७५ वर्षीया उनकी श्रीमती डोना म्युलरको घटनास्थलमा नै मृत्यु भयो । उनीहरु विस्कन्सिनबाट वासिङ्टन डीसीमा आफ्नो ५६ औँ वैवाहिक वर्षगाँठ मनाउन आएका थिए । चट्याङ पर्दा […]
ABC-Sanchar काठमाडौँ । सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ। प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण अर्याल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदन अनुसार राष्ट्रपतिसहित उपराष्ट्रपति, प्रधानमन्त्री, सङ्घीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब, भत्ता र सुविधा सम्बन्धमा […]
(ABC-Sanchar) काठमाडौँ । चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ जना डीएसपीको सरुवा गर्ने निर्णय भएको जनाएको छ । साथै, यसअघि काज सरुवा भएका डीएसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ । त्यस्तै हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा […]