२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

आमाकोबाट सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने सभामुखबाट प्रमाणित

(ABC-Sanchar) काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेका छन् । आज (आइतबार) सभामुख सापकोटाले संघीय संसद्‍बाट पारित भएको नागरिकता विधेयक प्रमाणित गरेका हुन् । साउन ६ गते प्रतिनिधिसभा र साउन १२ गते राष्ट्रियसभाबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको थियो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐनका […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुशुम लता सिंहको प्रमुख आतिथ्यमा सोही संघको ३८औं वार्षिक साधारणसभा भृकुटीमण्डपमा आइतबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ । सो अवसरमा संघकी अध्यक्ष श्रीमती सिंहले संघलाई आउँदा दिनहरूमा स्तरोन्नति गरी अझ प्रभावकारी बनाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्न संस्था सम्बद्ध सबैले मन, वचन र कर्मले […]

(प्रिन्स मिश्रा) कपिलवस्तु । नेपाल-भारत सिमा-नाकामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट टिक र सघुनकाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा नं ६ र ७ मा भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र रातीको समय काष्ठ उद्योगहरुमा पुराउने […]

ABC (क्राईमबिट) काठमाडौं । उत्कृष्ट कार्यसम्पादन गर्ने आठ जना प्रहरी अधिकारी प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबाट पुरस्कृत भएका छन् । आफ्नो जिम्मेवारीमा रहेर प्रहरी संगठनलाई महत्त्वपूर्ण योगदान गर्ने आठ जना प्रहरी अधिकारीलाई आईजीपी सिंहले केही दिनअघि विशेष बढुवा गरेका हुन् । प्रहरीको नीति निर्माण समितिको सिफारिसमा विभिन्न क्षेत्रमा सर्वाेत्कृष्ट काम गर्ने प्रहरीको विशेष बढुवा गरिएको प्रहरी […]

 ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार १३ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ । सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी एसपी प्रभु प्रसाद ढकाललाई दिइएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलमा प्राविधिक समूहतर्फ रिक्त पदमा ६८ जनाका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्रको भर्ना छनौट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत पदपूर्तिका लागि भर्ना खुलाएको हो । सूचनामा उल्लेख भएअनुसार प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक (स्टाफ नर्स) ४६ […]

(ABC-Sanchar) काठमाडौं । भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ : १३ बजे भूकम्प गएको हो। भूकम्पले पूर्वी पहाडी जिल्लामा एक मिनेट ३ सेकेण्डसम्म हलाएको भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइरालाले बताए । पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो।

(ABC-Sanchar) काठमाडौं । माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय ती झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । हिजो आज […]

(ABC-Sanchar) काठमाडौं । देशको सङ्घीय राजधानी काठमाडौं भित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ। जिल्ला निर्वाचन कार्यालय पनि काठमाडौंको रिङरोडभित्रै छन्। यद्यपि स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका विभिन्न पालिकाबाट चुनावमा स्पर्धा गरेका उम्मेदवारको पहुँच भने निर्वाचन कार्यालयसम्म भएको देखिँदैन। निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर स्थानीय […]

(ABC-Sanchar) काठमाडौँ । वर्षा ऋतुका बेला असार १५ गते दही, चिउरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मर-मसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने […]

error: Content is protected !!