ABC (क्राईमबिट) बाँके।ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक थुनुवा महिलालाई प्रहरीलेनै बलात्कार गरेको आरोप लागेको छ । बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई एक असईले गय राति करिब २ बजेको समयमा बलात्कारको प्रयास गरेको आरोप लागेको छ । कोहलपुर प्रहरीको मुद्दा फाँटमा कार्यरत असई प्रविण चौलागाईँ लाई बलात्कारको प्रयास गरेको आरोप लागेको हो । […]
(ABC-Sanchar) पोखरा । शुक्रबार बिहान ८ः५५ बजे उडेको उक्त जहाजले धानवमार्ग छोड्नासाथै एउटा इन्जिन फेल भएको संकेत दिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार उडेको ६ मिनेटमै जहाज पोखरा विमानस्थल फर्किएको थियो । नाइन एन एएनजी कलसाइनको जहाजमा जहाजमा ४५ यात्रु थिए । अरुको उडान, अवतरणभन्दा पहिला त्यही जहाजलाई प्राथमिकता दिएर […]
(ABC-Sanchar) काठमाडौं । बौद्ध स्तुप क्षेत्रमा बिहीबार बिहान दृष्टिविहीनहरूमाथि दुर्व्यवहार गर्दै बौद्ध विकास समितिका सुरक्षाकर्मी र प्रहरीले बौद्ध स्तुप परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि बिहीबार त्यहाँका सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्। केही दृष्टिविहीनको समूह बिहीबार बिहान मुख्य प्रवेशद्वारबाट पस्न खोजेपछि बौद्ध विकास समितिका सुरक्षाकर्मीले बाटो छेकेर दुर्व्यवहार गरेका हुन्। विकास समिति सुरक्षागार्डको पोसाक लगाएका पाँच-छ जना सुरक्षाकर्मीले […]
ABC (क्राईमबिट) काठमाडौं । बीमाको पैसा लिनका लागि एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले आज शुक्रबार पत्रकार सम्मेलन गरी बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् २ करोड ५० लाख रुपैयाँको बीमा असुल गरिए पछि बीमाको पैसा लिनका लागि हत्या गरिएको रहस्य खुलाएको हो । प्रहरीले बिकको हत्या […]
(ABC-Sanchar) दाङ । घोराही बंगलाचुली गाउँपालिकाले आफ्नो पालिका क्षेत्रबाट चुनढुंगा ढुवानीका लागि टिपर संचालन गर्न अनुमति प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बंगलाचुली गाउँपालिकामा रहेका सिमेन्ट उद्योगहरुका खानी र टिपरहरु विगत लामो समय देखि बन्द रहेकोमा यसअघि भएको सहमति र सम्झौताका अधिकांश बुँदा कार्यान्वयन […]
(ABC-Sanchar) कास्की । पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो । सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् । महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ । यस्तै, कानुनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए । उनले महानगरको छुट्टै सञ्चालन […]
(ABC-Sanchar) मोरङ । प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमति पत्र वितरण गरिने भएको छ । प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए । विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमति पत्र लिने गरेका […]
ABC (क्राईमबिट) बैतडी । डिलाशैनी गाउँपालिका ५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । उनले भने, […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा बिहिबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका १३ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे । सोही अवसरमा महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरुलाई बधाई दिंदै आगामी दिनहरुमा कार्यसफलताको शुभकामना समेत […]
(ABC-Sanchar) काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव तहका कर्मचारीको स्थानीय तहमा सरुवा भएको हो । यस्तै मन्त्रालयले ६० जना अधिकृतको पनि सरुवा गरेको छ ।