(ABC=SANCHAR) काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । दुई पटक स्पष्टिकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई सरकारले निलम्बन गरेको हो । निगमभित्र अनियमितता गरेको आरोपमा उनी निलम्बनमा परेका हुन् । अधिकारीले कानूनी आधार र औचित्य बिना ट्वीनेटर जहाज भाडामा दिएको, निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनका लागि भ्रमण […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी सबै घटनाको अनुसन्धान सफल बनाउनेतर्फ अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स मार्फत् आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले सातवटै प्रदेश प्रहरी कार्यालयहरू, […]
(ABC=SANCHAR) कैलाली । टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । नदी किनारमा तटबन्धका लागि अन्य […]
(ABC=SANCHAR) दाङ । जिल्लाभरी केही समयदेखि अनियमितरुपमा विद्युत झ्याप्प–झ्याप्प आउने जाने समस्याले गर्दा उपभोक्ताहरु आजित भएका छन् । कुनै जानकारी बिना यसरी घरी–घरी बत्ति आउने जाने गर्दा यस क्षेत्रका उपभोक्ता आजित भएका छन् । तुलसीपुरसहित आसपासका क्षेत्रहरुमा पाँच/पाँच मिनेटको अन्तरालमा बत्ति आउने जाने गर्दा यहाँका उपभोक्ताहरु आक्रान्त बनेका हुन् । घरी/घरी विद्युत काट्नुभन्दा प्राधिकरणले समयमै […]
(ABC=SANCHAR) दाङ । बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो । पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्ड अनुसार तारजाली नलगाइँदा बनाइका संरचनाहरू भत्किएको स्थानीयको भनाई छ । मनसुन सुरु नहुँदै नवनिर्मित संरचनाहरू भत्किँदा वर्षायाममा जोखिम बढेको उनीहरूले बताए । केही महिना पहिलेमात्र निर्माण सम्पन्न पुलको हालसम्म उद्घाटन समेत […]
(ABC=SANCHAR) दाङ । तुलसीपुरमा बाटोको नयाँ ट्रयाक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौडी प्राचिन शिक्का फेला परेको छ । फेला परेका सबै शिक्का चाँदीका हुन । ती १८औं सताप्दिका शिक्का हुन । केही शिक्काहरु १८०६ सम्मको रहेका छन् । यी शिक्का (मुद्राहरु) झन्डै साढे दुई सय बर्ष भन्दा पुराना छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. […]
(ABC=SANCHAR) काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको दुई ट्रक रासायनिक मल किसानहरुले लुटेर लगेका छन्। धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको ट्रकलाई काठमाडौं ल्याउँदै गर्दा किसानहरुले धार्केमा लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार करिब ३ सय हाराहारीमा किसानहरु भेला भएका थिए। रोपाइँको सयमा रासायनिक मल नपाएपछि किसाहरुले बाटो घेरेर बसेको प्रारम्भिक […]
ABC (क्राईमबिट) काठमाडौं । परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असर सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल एवं दुवै सुरक्षा निकायका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा सुरक्षा सम्बन्धी अवधारणागत एवं नीतिगत […]
(ABC=SANCHAR) काठमाडौं । यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो । कार्यालयका प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउनका लागि कार्यालयबाटै […]
ABC (क्राईमबिट) डोटी । दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया पार्वती विक र उनकी तीन वर्षीया छोरी लक्ष्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी एवम् प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । उनका अनुसार बिहान घरभित्र पसेर चितुवाले आक्रमण गरेको थियो […]