ABC (क्राईमबिट) काठमाडौँ । भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई १२ लाख ४३ हजार ७८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय […]
ABC(क्राईमबिट) दार्चुला । उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायालेकस्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद […]
(ABC-Sanchar) सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका १ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी विर्जन शाहीले जानकारी दिए । उनले भने, ‘स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि […]
ABC (क्राईमबिट) दाङ । तुल्सीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ बस्तिका २१ बर्षीय टोपबहादुर पुन मगरको हत्या भएको छ ।मगरको साथमा रहेका सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ४ का १७ बर्षीय शंकर डाँगी गम्भीर घाइते छन् ।युवाहरुको एक समुहले मदिरा सेवन पछि लाठी र धारिलो हतियार प्रहार गरि मगरको हत्या गरेको र उनको साथमा […]
(रवि वर्णवाल) पर्सा । तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको हो । प्रहरीले चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी […]
(ABC।Sanchar) जनकपुरधाम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत (जनकपुरधाम–पटना) मैत्री बस सेवा आजदेखि पुनः संचालनमा आएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको बस स्टेश्नबाट आज राति ८ बजे भारत विहार राज्यको राजधानी पटनाका लागि बस छुट्दैछ । दुवै देशमा कोरोना संक्रमण दर कमभएपछि मैत्री बस सेवा सुचारु भएको माँ जानकी […]
ABC (क्राईमबिट) बिरगंज । पर्सा प्रहरीले चाडपर्वका बेला आर्थिकपमा जितहार हुने सबैखाले जुवालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ । ठूलो परिमाणमा सम्पतिको हार जित हुनेखालका जुवातासलाई निरुत्साही पार्नका लागि अभियान चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा […]
(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ४८ जना जुवाडेलाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको बाबुगाउँमा २ /३ खाल बनाएर जुवा खेलिरहेका ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरी जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार शनिबार बिहान चार बजे उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका […]
ABC (क्राईमबिट) कपिलवस्तु । जिल्लाको दुई ठाउँबाटा ६ लाख बढी नगदसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । जिल्लाको बाणगंगा नगरपालिका(१ बैरियास्थित किशोरजङ्ग पुनको घरबाट १९ जना र वडा नंं २ को लेकबेसी होटेलबाट १२ पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले गएराति दुई स्थानका जुवा खालबाट ६ लाख १९ हजार १२७ […]
(ABC-Sanchar) काठमाडौं । शान्ति स्थापनार्थ सिरियामा खटिने नेपाली फौज फेरिएको छ । सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड-१९ प्रोटोकलहरूको पालना गरिएको सेनाले जनाएको […]